कसरी उमार्ने दशैंको जमरा ?



घटस्थपापना । अर्थात दशैंको सुरुवात ।घर–घरमा पूजाआजा गरी जमरा राख्ने गरिन्छ । नेपालीको महान चार्ड वडा दशैंको टिकाको दिन लगाउने जमरा घटस्थापनाको दिन चोखो माटोमा घरमा उब्जेका अन्न जस्तै मकै, गहुँ , जौं लगायतका अन्नहरु छरेर उमार्ने प्रचलन रहेको छ । दशैंका बेलामा कानमा झपक्क जमरा भएन भने दशैं नै खल्लो भएको जस्तो अुनभुति हुने गर्दछ । त्यसैले जमरा राम्रो र बाक्लो बनाउनका लागि तल उल्लेखित तरिकारहरु अप्नाउनुहोस:

– अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

– जमरा उमार्नका लागि शुद्ध तथा अध्याँरो ठाउँ चाहिन्छ ।

– सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

– विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । यद्यपी मकै, गहुँ, धानको पनि जमरा राख्न सकिन्छ ।

– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

– सात दिनपछि पहिलो पटक रोपेको गमलामा अंकुराउन थाल्छ ।

– प्रयोग गन योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्न सकिन्छ । ।

– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

– जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

प्रतिक्रिया दिनुहोस्