‘रमाऔँ रारामा’ अभियान हुने



काठमाडौं ।
‘रमाऔँ रारामा’ भन्ने नारा सहित इम्याजिन नेपालले आन्तरिक पर्यटन प्रवद्र्दनका गर्न र सरकारले घोषणा गरेको कणली भ्रमण वर्षलाई टेवा पु¥याउने अभिप्रायले शुरु गर्न लागिएको साहासिक यात्रा अभियान अन्तर्गत तेस्रो संस्करण शुरु हुने भएको छ ।

यस वर्ष २२ नोभेम्वर नेपालगंञ्जबाट शुरु हुने अभियान २९ नोभेम्वर मा वुटुवलमा आएर यात्राको तेस्रो संकरण समापन हुने आयोकले जनाएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित भएको हुने यात्रा अभियानलाई महिन्द्रा एड्भेन्चरले सहयोग गरेको छ। नेपालको आन्तरिक पर्यटन तथा नेपालको पर्यटकीय गन्तव्यको प्रचार प्रचार गर्ने लक्ष्य सहित सरकारले सन् २०२० मा २०लाख पर्यटक भित्राउनको लागि सहयोग पु¥याउने उदेश्य सिहत इम्याजिन नेपालले रारा र बर्दिया राष्ट्रिय निकुन्जको यात्रा गर्न योजाना तयार पारेको कम्पनीका सिइओ मोनायक कार्कीले बताउनु भयो ।

 

अभियानमा २५ वटा सवारीसाधन सहित ५० जान भन्दा वढिको सहभागीता रहने आयोकले जानएको छ। कम्पनीले दुई ओाट संस्करण सन् २०१६ मा मनाङ र सन् २०१७ मा ८० जनको सहभागीतामा मनाङ, लोमान्थाङको भ्रमण गरी सम्पन्न सकेको छ ।यस अभियान अन्र्तगत सामाजिक सञ्जालमा ‘रमाऔँ रारामा’ ह्यासट्याग प्रयोग गरेर गन्तव्य प्रवद्र्धन गरिने कम्पनीले बताएको छ । यसरी गरिने सहासिक यात्रा अभियानले नेपालको पर्यटन क्षेत्रको विश्वभर प्रचार प्रसार गर्नको लागि टेवा पुग्ने नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनु भयो ।इम्याजिन नेपालले आयोजना गर्ने सहासिक यात्रा सबै भन्दा ठूलो अफ रोड यात्रा रहेको समेत आयोजक सिमोन खत्रीले जनाकारि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्