एलिसको फूल हैन काँडा करोड क्लबमा



निरक पौडेल निर्देशित फिल्म रोजको फूल हैन काँडा बोलको गीतले युट्युबमा एक करोड भ्युज पाएको छ। लामो समयदेखि दर्जनौं फिल्ममा पाश्र्व संगीत दिँदै आएका एलिस कार्कीको संगीत रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर तथा राजेशकुमार श्रेष्ठको शब्द रहेको छ।

एलिसले संगीत दिएको यो तेस्रो फिल्मी गीत हो। उनको संगीतको प्रेम गीत–२ मा समावेश पहिलोे गीत मोटरसाइकलमाले ६३ लाख र लिली बिलीमा समावेश इट इज लभ बोलको दोस्रो गीत युट्युबमा ५० लाख पटक हेरिएको छ।

आफ्नो तेस्रो गीतले नै करोडको भ्युज पाउन सफल भएकामा खुसी लागेको उनले बताए। ‘अहिले ३ फिल्ममा संगीत गरिरहेको छुु’ –उनले भने। फूल हैन का“डा बोलको गीतको भिडियोमा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले अभिनय गरेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलँई राजुविक्रम थापाले छायांकन तथा मित्र डी गुरुङले सम्पादन गरेका हुन्। गोपीकृष्ण मुभिज र आरोही फिल्म्सको ब्यानरमा निकिता पौडेल र मणिकरण केसीद्वारा संयुक्तरूपमा निर्मित तथा उद्धव पौडेलद्वारा प्रस्तुत फिल्म रोज गत भदौ २२ गते प्रदर्शनमा आएको थियो। जसमा प्रदीप प्रेमीकाको हत्याराका रुपमा प्रस्तुत भएका थिए।

प्रतिक्रिया दिनुहोस्