गुनगुनको अन्तद्र्वन्द्व



अभिनेता पुकार भट्टराईद्वारा निर्देशित तथा निर्मित फिल्म गुनगुनको ट्रेलर मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरीएको छ। फिल्मको कथासार बुझाउने प्रयास गरिएको ट्रेलरमा नायक नायिका सुवास मेचे र सञ्चिता लुइ“टेल तथा अभिनेता पुकार भट्टराईलगायतका कलाकारलाई देखाइएको छ। ट्रेलरमा फिल्मका पात्रबीचको अन्तद्र्वन्द्व देखाइएको छ।


कार्यक्रममा फिल्मका निर्माता र निर्देशकस“गै कलाकारसमेत रहेका पुकारले आफ्नो लामो समयको फिल्म यात्रालाई फिल्ममा समावेश गरेको बताए। ‘फिल्म समाजिक घटनालाई चित्रण गरिएको एक्सन ड्रामा हो। यसमा मैले आफ्नो कलाकारीताको अनुभवलाई पेश गरेको छु। फिल्म हेर्दा दर्शक निराश बन्नुहुन्न, बरु पूर्ण मनोरञ्जन लिएर फर्कनुहुनेछ’ –उनले भने।


कार्यक्रममा नायक सुवास मेचेले आफूले फिल्ममा निकै मेहनत गरेको र दर्शकले फिल्म रुचाउनेमा पूर्ण विश्वस्त भएको बताए। आगमकी कात्तिक ३० गतेबाट अल नेपाल रिलिजमा आउने फिल्म प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको हो। फिल्ममा सुवास, सञ्चिता र पुकारको साथमा रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपिन प्रसाईंलगायतले अभिनय गरेका छन् भने हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्