बाघको हमला



टोक्यो,(एजेन्सी)
दक्षिणी जापानको एउटा चिडियाखानाको खोरमै सेतो बाघको आक्रमणमा त्यहिंका एकजना कर्मचारीको ज्यान गएको छ । तर ति मृतक कर्मचारीको परिवारकै आग्रहमा बाघलाई जिवितै रहन दिइएको मंगलवार सरकारी अधिकारीहरुले बताएका छन् ।

एकजना स्थानिय प्रहरी अधिकारीले बाघको हमलाको कारण खोरमा रगताम्य अवस्थामा भेटिएका उनलाई अस्पतालमा पु¥याइँदा मृत्र घोषित गरिएको एएफपिलाई बताएका छन् । दक्षिणी शहर कागोसिमाको हिराकावा जुलोजिकल पार्कमा सोमवार राति यो दुर्घटना भएको बताइएको छ । चालिस वर्षिय आकिरा फुरुसोको घाँटीमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्