बंगलादेशमा उन्नाइसजनालाई फाँसी



ढाका,(एजेन्सी)
बंगलादेशको एक अदालतले सन् २००४ मा राजधानी ढाकामा आयोजित एक राजनीतिक ¥यालीमा भयानक ग्रिनेड आक्रमण गरेको अभियोगमा बुधवार १९ जना व्यक्तिलाई मृत्युदण्ड सुनाएको छ ।

फाँसीको संजाय पाउनेमा तत्कालिन समयमा सत्तामा रहेका विएनपि पार्टीका नेता रहेका एक पुर्व मन्त्री र अर्को पुर्व उपमन्त्री रहेका छन् । अदालतमा उपस्थित नरहेका सो पार्टीका वर्तमान निमित्त अध्यक्ष तारिक रेहमानलाई आजिवन कारावास संजाय सुनाइएको छ ।

अवामी लिगको राजनीतिक पार्टीमा गरिएको ग्रिनेड आक्रमणमा चौबिसजनाको ज्यान गएको थियो । अहिले अवामी लिगका अध्यक्ष शेख हसिना प्रधानमन्त्री रहेकी छिन् । सन् २००४ को २१ अगष्टमा शेख हसिनाले हजारौं समर्थकहरु सामु आफ्नो भाषण सकाउनै लागेकोबेला भएको उक्त आक्रमणमा अन्य सयौं व्यक्ति घाइते भएका थिए ।

फाँसी दिइनेमा पुर्व गृह राज्य मन्त्री लुत्फोज्जामान सबैभन्दा महत्वपुर्ण व्यक्तित्व हुन् । तर विएनपि पार्टीले पार्टीका नेताहरुको छवि ध्वस्त पार्न राजनीतिक पुर्वाग्रह राखेर यो संजाय सुनाइएको आरोप लगाएको छ । तारिक रेहमानका आमा तथा विएनपिको नेता खालेदा जिया दशकौं देखि शेख हसिनाका कडा प्रतिद्वन्द्वी रहँदै आएकी छिन् ।

गत फेब्रुअरीमा खालेदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँचवर्ष लामो कारावास संजाय तोकिएको थियो । अदालतको यस निर्णसंगै विएनपि पार्टीका समर्थकहरुले विरोध प्रदर्शन गर्न सक्ने संभावनालाई मध्य नजर राख्दै बंगलादेशका बिभिन्न शहरमा सुरक्षा व्यवस्थालाई निकै कडा बनाइएको स्थानिय संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्