आशंकित पक्राउ



वर्लिन,(एजेन्सी)
बुल्गेरियाली महिला पत्रकार भिक्टोरिया मारिनोभाको वलात्कारपछि हत्या गरेको अभियोगमा बुधवार जर्मनीमा प्रहरीले एक पुरुषलाई गिरफतार गरेको छ ।

बुल्गेरियाली अधिकारीहरुले आफुहरुको अनुरोधमा सेभेरिन क्रासिमिरोभ नामक व्यत्तिलाई हिरासतमा लिइएको जनाएका छन् । जर्मन्ीको अर्थ मन्त्री म्लादेन मारिनोभले घनास्थलबाट प्राप्त प्रमाणसंग उनको डिएनए म्याच भएके बताएका छन् । तर हालसम्म प्राप्त प्रमाण अनुसार मारिनोभाको पत्रकारीता पेशासंग यस आक्रमणको कुनै सरोकार रहेको छैन । पछिल्लो समयमा उनले मुख्य राजनेता र व्यापारीहरु युरोपेली संघको कोष हिनामिनासंग सम्बन्धित टिभी कार्यक्रम चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्