राष्ट संघका लागि अमेरिकी राजदुतबाट निकी हेलीद्वारा राजिनामा



वासिङटन (एजेन्सी)
संयुक्त राष्ट्रमा अमेरिकी राजदुत पद सम्हालेकी निकी हेलीले आफनो पदबाट राजिनामा दिएकी छिन् । साउथ क्यारोलाइनाकी पुर्व गभर्नर हेलीको राजिनामालाई ट्रम्प प्रशासनका लागि एक आश्चर्यमा पार्ने घटनाका रुपमा लिइएको छ ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले उनको राजिनामा स्विकार गरेको छ । ट्रम्पले पत्रकारहरु समक्ष हेलीले यसै बर्ष अन्त्यसम्ममा आफनो पद छोड्ने बताए ।
राष्ट्रपति ट्रम्पले आफु निकी हेलीसँग पुन एक पटक काम गर्न चाहेको र निकीले आफुलाई मनपर्ने काम रोज्न सक्ने पनि बताए । ट्रम्प प्रशासनले हेलीलाई सन् २०१७ जनवरी महिनामा संयुक्र राष्ट्र संघको राजदुत बनाएको थियो ।

यसैबर्ष अफ्रिमा निकि हेली ह्वाइट हाउसका एक वरिष्ठ सल्लाहकारसँग रुसमाथिको प्रतिबन्धका विषयमा दिएको एक बयानलाई लिएर विवाद भएको थियो । त्यसपछि ह्वाइट हाउसका एक सल्लाहकार लेरी कुढलोले पत्रकार सम्मेलनमा रुसमाथिको प्रतिबन्धका विषयमा निकी हेलीको बयान एक भ्रमका कारण दिएको बताएका थिए ।

निकी हेलीले त्यसको लगत्तै जवाफ दिँदै आफु कहिल्यै पनि ‘द्विविधामा नभएको‘ प्रष्ट पारेकी थिइन् । उनले ट्रम्प राष्टपति बन्नु अगाडी पनि उनका विषयमा विवादास्पद बयान दिएका थिए । त्यसको बावजुद ट्रम्प प्रशासनले उनलाई एक महत्वपुर्ण पद दिएको थियो ।
ओवल अफिसमा अमेरिकी राष्टपतिलाई सम्बोधन गर्दै निकी हेलीले भनिन्– धन्यवाद, राष्टपतिज्यु, यो मेरो सम्पुर्ण जीवनका लागि एक सम्मानको कुरा हो ।

सोही कार्यक्रममा ट्रम्पले भने– निकी हेली मेरा लागि अत्यन्त विशेष रह्यो । उनले अत्यन्तै उत्कृष्त काम गरेकी छिन् ।

साथै संयुक्त राष्ट्रमा निकी हेलीको स्थान लिने ब्यक्तीको घोषणा आगामी दुई देखि तीन हप्तामा हुने ट्रम्पले जानकारी दिए । सन् २०२० मा राष्टपति पदको दौडमा सहभागी हुने विषयमा निकीले आफु सन् २०२० मा राष्टपति पदका लागि उम्मेदवारी दिने सोचमा नभएको र आगामी चुनावमा पनि आफु ट्रम्पका लागि नै प्रचार गर्ने बताइन् ।

निकी हेली अमेरिकी प्रशासनमा अहिलसम्म सर्वोच्च पदमा पग्नु भारतिय मुलकी महिला हुन् । अजित सिंह रन्धवा र राज कौर रन्धवाकी छोरी भएर जन्मेकी निकी हेली सानो उमेरदेखि नै परिवारको कम्पनीका लागि लेखाको काम गर्थिन् ।

सन् २०१० मा निकी हेलीले अल्पसंख्यक समुदायबाट आउने पहिलो गभर्नर र साउथ क्यारोलाइनाकी पहिलो महिला गभर्नर तथा अमेरिकाकी सबैभन्दा युवा गभर्नरको किर्तिमान बनाएकी थिइन् । त्यसपछि सन् २०१४ मा उनी पुन एक पटक साउथ क्यारोलाइनाको गभर्नर बन्न सफल भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्