हेलीको स्थानमा छोरी इवान्का ल्याउने ट्रम्पको योजना



वासिङटन (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले यदि उनलाई परिवारवादको गुनासो नआउने हो भने उनी छोरी इवान्का संयुक्त राष्ट्रमा देशको राजदुतका रुपमा प्रभावशाली सावित हुने बताएका छन् ।

ट्रम्पले मंगलबार ह्वाइट हाउसमा इवान्काको योग्यताको प्रशंसा गर्दै उक्त कुरा बताएको हो । यदि त्यसतो गरेमा ालोचकहरुले आफुलाई निसाना बनाउने उनले स्विकार गरे ।
अमेरिकी राष्ट्रपतिले आफनो चिरपरिचित शैलमा भने– इवान्का प्रभावशाली सावित हुने थिइन् । यसको परिवारवादसँग कुनै लेन देन नै छैन । तर म भन्न चाहन्छु कि जसले चिनेको छ उनीहरुले इवान्का प्रभावशाली सावित हुने थाहा छ । यो पनि थाहा छ कि त्यतिबेला ममाथि भाइ–भतिजावादको आरोप लाग्नेछ ।

केही घन्टा अगाडी मात्रै ट्रम्पले राजदुत निकी हेलीको राजिनामा घोषणा गरेका थिए । हलीले यसैबर्षको अन्त्य सम्ममा पदबाट राजिनामा दिने बताइएको छ । ट्रम्पले उक्त पदका लागि इवान्कालाई नियुक्त गर्ने सम्भावनालाई यथावत राख्दै अन्य कयौं नाममा पनि विचार भइरहेका पत्रकारहरुलाई बताए ।

इवान्का र उनका पति जेरेड कुस्नर ह्वाइट हाउसमा शिर्ष स्तरमा अवैतनिक सल्लाहकारका रुपमा काम गरिरहेका छन् । अन्य कामसँगै कुस्नलाई पश्चिम एसियामा शान्ति योजना तयार गर्ने जिम्मा पनि सुम्पेको छ ।

प्रतिक्रिया दिनुहोस्