भैरवकुण्डले विद्युत् उत्पादन थाल्यो



नेपाल समाचारपत्र
काठमाडौं
भैरवकुण्डखोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडद्वरा प्रवद्र्धित ३ मेगावाट क्षमताको सो आयोजना सोमबारबाट सञ्चालनमा आएको हो ।

जुरेको पहिरो र भूकम्पका कारण आयोजना क्षति पुगेको थियो । विपद्का कारण उत्पादन बन्द भएको आयोजना पुनर्निर्माणपछि उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभीए ट्रान्समिसनलाइनबाट लामोसाँघुस्थित सबस्टेशनमार्फत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोडमध्ये हालसम्म संथापक शेयरधनीले लिएको शेयर ४८ दशमलव ९७ प्रतिशत रकम बराबरको शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले यथासक्य चाँडो साधारण शेयर जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपियँबराबरको सर्वसाधारणलाई शेयर निष्काशन गर्ने र सोमध्ये स्थानीयबासीलाई ६ करोड ५० लाखको शेयर निष्काशन गर्ने संस्थाले जनाएको छ ।

आयोजनाका प्रमुख कार्यकारी निर्र्देशक दिनेश पौड्यालले स्थानीयलाई छुट्याइसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजिक सुरक्षा कोषको लागि र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपियाँको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिनुभयो । । शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरिएको छ ।

उहाँका अनुसार कम्पनीको वार्षिक विद्युत् बिक्रीवापतको आम्दानी ९ करोड ७० लाख रहको छ । पब्लिक शेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिइएको छ ।

कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले कम्पनीले २०६५ साल मंसिर २ गते नेपाल विद्युत प्राधिकरणसँग पहिलोपटक १८५० किलोवाट र २०६६ चैत २७ गते दोस्रोपटक ११५० किलोवाटवाटको लागि विद्युत् खरिद सम्झौता (पीपीए) गरी मिति २०६६ भदौ १९ गते जेनेरेसन लाइसेन्स प्राप्त गरेको थियो । आयोजनाले २०७१ जेठ २२ गते सीओडी गरी विद्युत् उत्पादन शुरू गरेको जानकारी दिनुभयो । उहाँले सर्वसाधारण शेयर निष्कासनसँगै नयाँ परियोजनामा समेत कम्पनीले लगानी गर्न अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्