मेगा बैंकमा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स पठाउन सकिने



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुरू गरेको छ ।

दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो ।
सम्झौताअनुसार अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभँमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ ।

शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ र यो खाता अनलाइनमार्फत कुनै पनि ठाउँबाट खोल्न सकिने छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्टलगायतका सुविधा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

त्यस्तै भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।
विदेशमा रहेका नेपालीका परिवार लाई पनि आर्थिक समृद्धिका विभिन्न सुविधा बैंकले प्रदान गर्ने छ ।

नेपालमा बसेका सदस्यलाई लघुविक्त कर्जा, उपभोक्ता कर्जा, व्यापार व्यवसाय गर्नका लागि साना तथा मझौला कर्जामा विषेश छुटका साथै बैंकिङ सुविधाको परामर्श प्रदान गरी छिटो र छरितो कर्जा उपलब्ध गराउने बैंंकले जानकारी दिएको छ ।
विदेशमा रहेका नेपालीलाई सहज र सरल होस् भनी मेगा बैंकले आफ्नो प्रतिनिधि दक्षिण कोरियामा पठाइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्