नेपाल प्रहरी हिजोदेखि आजसम्म



-जनार्दन घिमिरे
समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गरी अपराध नियन्त्रण र सफल अनुसन्धान गर्नु प्रहरीको मूल दायित्व हो । प्रहरीक शब्दको अर्थ हुन्छ– एक–एक प्रहरमा बदलिने पाले । अर्थात् हरेक प्रहरमा पहरा दिएर नागरिकको जीउधनको सुरक्षा दिने भएर नै प्रहरी भनिएको हुनुपर्छ । यसै दायित्वलाई आत्मसात् गर्दै नेपाल प्रहरीले ६३ औँ प्रहरी दिवस २०७५ मनाउन लागेको छ । यस सन्दर्भमा प्रहरीको विगतलाई सम्झँदै वर्तमानसँग तुलनात्मक समीक्षा गर्नु आजको अवस्थामा सान्दर्भिक हून आउँछ ।

नेपाल प्रहरीको स्थापना दिवसलाई नियाल्ने हो भने वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएको मितिलाई आधार मानेर प्रहरी दिवस मनाउँदै आएको छ । त्यसको अर्थ यो होइन कि त्यसभन्दा अगाडि प्रहरीको अस्तित्व नै थिएन । इतिहासलाई नियाल्ने हो भने, सर्वप्रथम वि.सं. १९५५ मा तराईमा हुने विविध प्रकारका अपराधको अनुसन्धान गर्न र त्यसको यिन्त्रण गर्न अमिनी प्रहरीको स्थापना भएको आधिकारिक तथ्य पाइन्छ । पहाडमा तत्कालीन बडाहाकिमको मातहतमा रहने गरी मिलिसियाको व्यवस्था भएको पाइन्छ । यसै गरी १९६७ सालमा सर्वप्रथम काठमाडौं उपत्यकामा कोतवाली प्रहरीको स्थापना भएकोमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको शेलायत भ्रमणपश्चात् नेपाल प्रहरीलाई समयानुकूल बनाउन भारतमा प्रशिक्षणको लागि पठाइयो ।

सन्दर्भ: प्रहरी दिवस

वि.सं. १९९५ मा सवारी व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाको रामदल पल्टनलाई ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिइयो । वि.सं. २००१ सम्म आइपुग्दा नेपाल प्रहरीलाई देशव्यापीरुपमा संगठन विस्तार गर्दै तालिमप्राप्त अधिकृतद्वारा प्रहरी सवाल (नियम) विभिन्न फारमहरु र सामयिक जाहेरीको प्रचलनमा ल्याई पूर्वमा जनकपुर र पश्चिममा तौलिहवामा एस.पी. अफिस खडा गरियो ।

वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाली सेनाको रामदल पल्टन र तत्कालीन जनमुक्ति सेना (जसलाई पछि रक्षादल भनियो) को संयुक्त फौजबाट नेपाल प्ररहरी संगठन निर्माण गरी प्रहरीको प्रमुखमा प्रथम आईजीपीको रुपमा तत्कालीन नेपाली सेनाका जर्नेल तोरणशमशेर जबरालाई नियुक्त गरियो भने वि.सं. २००८ मा आईजीपी अफिसको स्थापना गरियो । यसै क्रममा वि.सं. २०१२ मा प्रहरी ऐन लागू भएपछि भने नेपाल प्रहरी संगठन विधिवत्रुपमा स्थापित भएको मान्न सकिन्छ । यसले विभिन्न नाम र कामले छरिएर रहेको नेपाल प्रहरी संगठनलाई विधिवत्रुपमा एउटै छातामुनि समेटेको मान्न सकिन्छ । यसपछि प्रहरी संगठनलाई ३ अञ्चल १० एरिया ३५ जिल्लामा कार्यविभाजन गरियो, जसअन्तर्गत ३ अञ्चलमा प्रहरी नायब महानिरीक्षक १० एरियामा प्रहरी उपरीक्षक र ३५ जिल्लामा प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक रहने व्यवस्था भयो ।

वि.सं. २०१७ पछि नेपाल प्रहरीलाई १४ अञ्चल र ७५ जिल्लामा प्रशासनिक विभाजन गरी १४ अञ्चलमा प्रहरी उपरीक्षक र ७५ जिल्लामा प्रहरी नायब उपरीक्षक रहने व्यवस्था गरिनुका साथै काठमाडौं उपत्यकामा प्रहरी नायब महानिरीक्षक प्रमुख रहने गरी कार्यालयको स्थापना गरियो । वि.सं. २०१९ पछि देशका सबै विकास क्षेत्रमा क्षेत्रीय प्रहरी कार्यालयको स्थापना गरी प्रहरी नायब महानिरीक्षक रहने व्यवस्था गरियो ।

नेपाल प्रहरीले काम र जिम्मेवारीको हिसाबले एक महत्वपूर्ण संस्थाको रुपमा आफूलाई स्थापित गर्दै लगेको कुरामा दुई मत छैन। तर यदाकदा नेपाल प्रहरीका एकाध सदस्यको त्रुटिपूर्ण कामले नेपाल प्रहरी विवादमुक्त रहन भने सकेको देखि“दैन। यसका लागि विगतमा भएका कमी–कमजोरीलाई सच्याउ“दै र त्यसलाई एउटा शिक्षाको रुपमा ग्रहण गर्दै आगामी दिनमा त्यस्ता कमी–कमजोरी नदोहो¥याउने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्छ।

यसै गरी नेपाल प्रहरीलाई जिम्मेवार र व्यावसायिक बनाउँदै लैजाने क्रममा वि.सं. २०६३ मंसिर १ गतेबाट काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले महानगरीय प्रहरी आयुक्तको कार्यालय स्थापना गरी यसको मातहतमा परिसर, वृत्त र प्रभाग रहने गरी नयाँ संरचना निर्माण गरियो । हाल आएर नेपाल प्रहरीलाई राज्यको संघीय प्रणालीमा लैजाने अवधारणाअनुरुप नेपाल प्रहरीको क्षेत्रीय प्रहरी कार्यालयलाई प्रतिस्थापन गर्दै प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा रहने गरी सातवटै प्रदेशमा प्रदेश प्रहरी कार्यालय स्थापना गरिसकिएको छ ।

यसरी नेपाल प्रहरीलाई वर्तमान अवस्थासम्म ल्याइपु¥याउने क्रममा नेपाल प्रहरीलाई दक्ष, व्यावसायिक र कार्यसम्पादनमा एकरुपता ल्याउने हेतुले वि.सं. २०११ मा सदर प्रहरी तालिम केन्द्रको स्थापना गरियो, जुन वि.सं. २०४९ मा आएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको रुपमा विकास भयो । यसको साथै समयसापेक्ष देशका भिन्न स्थानमा क्षेत्रीय तालिम केन्द्र स्थापना गरी व्यावसायिक तालिम प्रदान गरिँदै आएको छ । साथै क्रमशः स्वदेश तथा विदेशमा समेत नेपाल प्रहरी अधिकृतहरुलाई विभिन्न तालिम प्रदान गर्दै प्रहरी संगठनलाई थप व्यावसायिक बनाउँदै ल्याइएको छ ।

यसै क्रममा नेपाल प्रहरीले वर्तमान अवस्थासम्म आइपुग्दा देशभित्रको आन्तरिक शान्ति सुरक्षा सुदृढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसबाहेक महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षालाई समेत प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको छ । यति मात्र नभएर नेपाल प्रहरीले संयुक्त राष्ट्र संघमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

यसअन्तर्गत डार्फर, दक्षिणी सुडान, हाइटी, कोसोभो, युगोस्लाभिया, पूर्वी टिमोरलगायतका मुलुकमा शान्ति स्थापनार्थ नेपाल प्रहरीका अधिकृत तथा जवानहरु परिचालित भई महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यति मात्र नभएर वि.सं. २०२४ मै नेपाल प्रहरी इन्टरपोलको सयौँ सदस्य राष्ट्रको रुपमा प्रवेश गरी अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय रुपमै एकताबद्ध भएर काम गर्न लागेको मान्न सकिन्छ । जसले अपराध नियन्त्रणविरुद्ध रेड नोटिस, डिफ्यूजनलगायत विभिन्न ८ प्रकारका नोटिस जारी गरी अन्तर्राष्ट्रिय रुपमै अभियुक्तको खोजी कार्य गर्नुको साथै विदेशमा गई हराएका वा बेपत्ता भएका मानिस तथा हराएका ट्राभल डकुमेन्टको समेत खोजी कार्य गर्दछ ।

अपराध रोकथाम र नियन्त्रणको लागि नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयदेखि प्रहरी बिटसम्म स्थापना गरी कार्यसम्पादन त गरेको छ नै, यसको अलावा केन्द्रीय अनुसन्धान ब्यूरो, विशेष ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरो, अपराध महाशाखालगायत हालै मात्र मानव बेचबिखन तथा साइबर अपराध नियन्त्रण ब्यूरोसमेत स्थापना गरिसकेको छ । यसमा प्रभावकारीरुपमा कामको थालनी गरिसकेका छन् ।

नेपाल प्रहरीले सडक सुरक्षालाई ध्यानमा राखी प्रहरी प्रधान कार्यालय, ट्राफिक सेवा निर्देशनालयअन्तर्गत महानगरीय ट्राफिक महाशाखालगायत देशैभरि प्रदेश जिल्ला र स्थानीय तहसम्म ट्राफिक प्रहरी परिचालित गरी यातायात व्यवस्थापनमा महत्वपूर्ण सेवा प्रदान गर्दै आएको छ, जसअन्तर्गत ट्राफिक प्रहरीले अभियानकै रुपमा ल्याएको मादकपदार्थ सेवन गरी सवारी चलाउने विरुद्वको कारबाहीले सवारी दुर्घटनाबाट हुने मृत्युदरमा उल्लेख्य सुधार आएको पाइएको छ । यसको साथै नेपाल प्रहरी प्रविधि मैत्री हुनुपर्छ भन्ने हेतुले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन आदिको स्थापना गर्नुको साथै केन्द्रीय प्रहरी कुकुर विद्यालयको स्थापना गरी अपराध अनुसन्धान र नियन्त्रणको पाटोलाई थप प्रभावकारी ढंगबाट लैजान नेपाल प्रहरी थप प्रतिबद्ध रहेको छ ।

नेपाल प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणको कार्य मात्र हैन, हरेक नागरिकमा शान्ति सुरक्षासम्बन्धी जनचेतनाको विकास होस् भन्ने हेतुले विभिन्न कार्यक्रमसमेत ल्याएको छ । जसको शुरुवातको रुपमा वि.सं. २०३९ सालमा तत्कालीन प्रहरी महानिरीक्षक दिलबहादुर (डी.बी.) लामाको पालामा सामुदायिक प्रहरीको रुपमा छिमेकी प्रहरीको अवधारणा ल्याएको पाइन्छ । उक्त समयमा आमनागरिकको गुनासो सुन्ने र सोही अनुरुप काम गर्ने उद्देश्यले गाउँटोलमा प्रहरी परिचालन गरिएको पाइन्छ । वि.सं. २०५१ मा आइपुग्दा उक्त सामुदायिक प्रहरीको अवधारणाले मूर्तरुप लिँदै काठमाडौं महाराजगञ्जमा पहिलो सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना भएकोमा हाल देशभर यसको विस्तार भएको छ । जसले नागरिक प्रहरी सहकार्यको अवधारणाअनुरुप सामाजिक अपराध नियन्त्रण र न्यूनीकरणमा महत्वपूर्ण सहकार्य गर्दै आएको छ ।

यसै गरी प्रहरीको काम कारबाहीलाई चुस्त र प्रभावकारीका साथै नागरिक मैत्री बनाउने उद्देश्यले नेपाल प्रहरी ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘प्रहरी मेरो साथी’, ‘जिब्रोको गरिमा मीठो बोलीमा’, र ‘प्रहरी हाम्रो टोलमा’ जस्ता कार्यक्रममार्फत जनताको घरदैलोमा गएको छ । यसै गरी नेपाल प्रहरीले महिला तथा बालबालिकाको समस्यालाई गम्भीररुपमा लिँदै देशभरका विभिन्न प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्रको स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । यसको साथै नेपाल प्रहरीले लागूऔषध दुव्र्यसन, साइबर अपराध र ट्राफिकसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमलाई विद्यालय सम्पर्क कार्यक्रम तथा समुदाय केन्द्रित कार्यक्रममार्फत आमनागरिकमा प्रभावकारीरुपमा लैजाँदै आएको छ ।

यसरी समग्ररुपमा हेर्ने हो भने, नेपाल प्रहरीले काम र जिम्मेवारीको हिसाबले एक महत्वपूर्ण संस्थाको रुपमा आफूलाई स्थापित गर्दै लगेको कुरामा दुई मत छैन । तर यदाकदा नेपाल प्रहरीका एकाध सदस्यको त्रुटिपूर्ण कामले नेपाल प्रहरी विवादमुक्त रहन भने सकेको देखिँदैन । यसका लागि विगतमा भएका कमी–कमजोरीलाई सच्याउँदै र त्यसलाई एउटा शिक्षाको रुपमा ग्रहण गर्दै आगामी दिनमा त्यस्ता कमी–कमजोरी नदोहो¥याउने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्छ । यसमा संगठनका सकल दर्जाका प्रहरी कर्मचारी प्रतिबद्ध भएर लागिपरेमा पक्कै पनि आन्तरिक शान्ति सुरक्षा र अपराध नियन्त्रणको क्षेत्रमा मियोको रुममा नेपाल प्रहरी संगठन निर्विकल्प अगाडि बढ्नेमा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्