३ मेगावाट क्षमताको भैरवकुण्ड हाईड्रोपावर संचालनमा



नेपाल समाचारपत्र, काठमाडौं ।
सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाईड्रोपावर लिमिटेड द्धारा सञ्चालित ३ मेघावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ ।

जुरेको पहिरो, शक्तीसाली भुकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशिमा आएको बाढि आदि कारणबाट परियोजनामा क्षति पुगेकोमा आवश्यक सम्पुर्ण पुन निर्माण सम्पन्न भएपछि सोमबारबाट पुर्ण क्षमतामा सञ्चालन आएको हो । विपदको कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रो पावरले उत्पादित विद्युत ३४ किमि. ३३ केभिए ट्रान्समिसन लाईन मार्फत लामोसाँगु सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।

हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पूँजी ६५ करोड मध्ये हाल सम्म संथापक शेयरधनिहरुले लिएको शेयर ४८ दशमलब ९७ प्रतिशत रकम बराबरको शेयर निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले यथासक्य चाँडो साधारण शेयर जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैया बराबर सर्वसाधारणलाई शेयर निश्कासन गर्ने र सो मध्य जिल्लाका स्थानियबासीलाई ६ करोड ५० लाख को शेयर निश्कासन गर्ने संस्थाले जनाएको छ । लिमिटेडका प्रमुख कार्यकारी निर्र्देशक दिनेश पौड्यालले जिल्लाका स्थानियलाई छुट्याईसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजीक सुरक्षा कोषको लागी र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिनुभयो ।

शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई. क्यापिटललाई नियुक्ति गरिएको छ । उहाका अनुसार कम्पनीको वार्षिक विद्युत विक्री वापतको आम्दानी ९ करोड ७० लाख रहको छ । पब्लीक शेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिइएको छ । कम्पनीले हाल ३० जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारि दिईराखेको छ ।

कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले कम्पनीले २०६५ साल मंसिर २ गते नेपाल विद्युत प्राधिकरण सँग पहिलो पटक प्रथम पटक १८५० किलोवाट र २०६६ चैत्र २७ गते दोस्रो पटक ११५० किलोवाटवा. को लागि पिपिए गरी मिति २०६६ भाद्र १९ गते जेनेरेसन लाईसेन्स प्राप्त गरेको र मिति २०७१ जेठ २२ गते सिओडी गरे विद्युत उत्पादन शुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले सर्वसाधारण शेयर निष्कासन सँगै नयाँ परियोजनाहरुमा समेत कम्पनीले लगानि गरि राष्ट्रिय अर्थतन्त्रमा योगदानको साथै लागनिकर्ताहरुलाई उचित मुनाफा दिनेगरी कम्पनी अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्