भूकम्पपीडितले राहत पाएनन्



स्याङ्जाका भूकम्पपीडितले राहत नपाएको गुनासो गरे पनि स्थानिय निकायले चासो दिएको छैन । यहाँका भूकम्पपीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताइरहँदा पनि यहाँका जनप्रतिनिधि कानमा तेल हालेर बसेका छन् । घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन भन्दै यहाँका पीडितले हारगुहार गरिरहेका छन् ।

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या ९ हजार ३३३ रहेको छ । ८ हजार ७६६ को पूर्ण क्षति तथा ५६७ को घर आंशिक रूपमा क्षति भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणको तथ्याङ्कमा छ । ५ सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छ्रैनन् । केही लाभग्राहीले सम्झौता नगरेको र केहीको नम्बर जुधेका कारण समस्या भएको प्राधिकरण बताउँछ । स्थानीय निकायलाई नै यसको जिम्मा दिने तयारीमा रहेको भनिए पनि यसमा गम्भीतापूर्वक ध्यान दिइएको छैन । दशैँ–तिहारजस्तो चाडमा पीडितको बिचल्ली बनाइएको छ ।
– मञ्जु बाँठा, स्याङ्जा ।

 

प्रतिक्रिया दिनुहोस्