सुपथ मूल्यको पसलमा उपभोक्ताको भिड



SONY DSC

विमल विष्ट, डोटी ।

साल्ट ट्रेडिङ कर्पोरेसनको उप शाखा कार्यालय डोटीले दशै र तिहारका लागि डोटीको दिपायल स्थित पिपल्ला बजारमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । सुपथ मुल्यको पशल सञ्चालनमा आएपछि उपभोक्ताको भिड लाग्ने गरेको छ ।

उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा बिक्रीका लागि कार्तिक २० गतेसम्मका लागि सो पशल पसल सञ्चालनमा ल्याइने भएपछि अहिले यहाँका ग्रामिण क्षोत्रका स्थानियबासीहरुको चिनी र नुन किन्न भ्याई नभ्याई भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन उप शाखा कार्यालयका सहायक महाप्रबन्धक दिपकराज भट्टले शाखाबाट बिहान १०.३० बजे देखि साँझ ५.३० बजेसम्म सुपथ मूल्यका पसल सञ्चालन भईरहेको बताउनु भयो । पसलबाट उपभोक्ता लाई बजार मूल्य भन्दा चिनी ६ र नुन ४ रुपियाँ कम गरी बिक्री गर्ने व्यवस्था गरिएको छ ।

कर्पोरेसन उप शाखा डोटीले सुपथ मुल्यको पशल सञ्चालनमा ल्याएपछि अहिले दैनिक एक सय भन्दा बढी स्थानिय बासी (उपभोक्ता) ले चिनी र नुन किन्ने गरेको कर्पोरेसन उप शाखा कार्यालय डोटीले जनाएको छ ।

बजारमा चिनी ८५ र नुन २० रुपिया प्रतिकिलोका दरले बिक्री हुदै आएको छ । दसै र तिहारको अवधिमा कर्पोरेसनले चिनी ७९ र नुन रु १६ रुपिया प्रतिकिलोका दरले बिक्री गर्ने ब्यबस्था मिलाईएको साल्ट ट्रेडिङ कर्पोरेसनका उप शाखा सहायक महाप्रबन्धक भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘जनता लाई बजार मुल्य भन्दा केही सस्तोमा चिनी र नुन दिने ब्यबस्था मिलाएका छौ,बजारमा महंगो पैसा तिरेर किन्नु भन्दा घर अगाडी सुपथ मुल्यको पशल खुलेको आउनुहोस किनेर लैजानु होस ।’

गत बर्ष समेत कर्पोरेसनले सुपथ मूल्यका पसल सञ्चालन गरी उपभोक्तालाई सेवा प्रदान गरेको थियो ।

सुपथ मूल्यका पसल सञ्चालन गरिएका शाखामा उपभोक्ताको चापलाई ध्यानमा राखी चिनी र नुनको सहज आपूर्तिको व्यवस्था समेत मिलाइएको बताउदै महाप्रबन्धक भट्टले थप भन्नु भयो ‘कसैले पनि सुपथ मूल्यको पसलबाट बिक्री हुने चिनी र नुनको कालोबजारी गरेको पाईए कडा कारबाही गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्