मार्सीलाई शुभकामना



वाम गठबन्धन जुटाउनुपर्दा पछाडि धेरैले राम्रो भँमिका निर्वाह गरे पनि राम्रै चर्चाको चुलीमा रहन सफल भए झापाली सीताराम प्रसार्ईं। उनले ओली, प्रचण्ड र अन्य वाम नेतालाई धेरै थरी परिकार खुवाए क्यार तर रातारात हिट भयो ‘मार्सी भोजन’। त्यही भोजनले पार्टी एकता गराउन निर्णायक भँमिका खेलेको भन्नेहरू पनि शहर बजारमा धेरै छन्।

अनि धेरै थरीले ‘मार्सी भोजन’लाई ‘स्वार्थ भोजन’ पनि भन्न भ्याए। जे होस, प्रसाईंका कारणले शहर बजारमा मार्सी चामलको डिमान्ड ≈वात्तै बढ्या छ। ठँल–ठँला डिपार्टमेन्टल स्टोर मात्रै होइन साधारण चामल पसलमा पनि ‘मार्सी चामल उपलब्ध छ’ भन्ने प्रकृतिका बोर्ड झुन्ड्याइएको देख्न पाइन्छ।

प्रसाईंले लोपोन्मुख धान÷चामलको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सरकारले अर्को वर्ष कुनै प्रसिद्ध तक्माबाट विभँषित गर्न बेर छैन। आफ्नै कारणले ‘मार्सी भोजन’ र मार्सी चामल रातारात हिट भएसी निकै उत्साहित बनेका प्रसाईं हिजोआज नयाँ अभियानमा लाग्या धरहराले सुन्यो।

मार्सी भोजनको अपार सफलतापछि उनले आफ्नै लगानीको ‘मार्सी टे«डिङ एन्ड कम्पनी’ दर्ता गरेको चर्चा छ। आफँनिकटका नेताले सरकारको डाडुपन्यु चलाएका बेला प्रसाईंको सो कम्पनीले छिट्टै छलाङ मारोस्, शुभकामना।

प्रतिक्रिया दिनुहोस्