प्रदेश ५ मा सार्वजनिक सवारी चालकलाई अनिवार्य पोशाक



यमलाल भुसाल, बुटवल ।
बढदो सवारी दुर्घटना नियन्त्रणका लागि प्रदेश ५ का मुख्य राजमार्गदेखि विभिन्न स्थानीय रूटमा चल्ने सार्वजनिक सवारी साधनका चालकहरूलाई अनिवार्य पोशाक लगाउने व्यवस्था गरिने भएको छ ।

प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि चालकहरूलाई जिम्मेवार बनाउन पोशाक अनिवार्य लगाउनुपर्ने व्यवस्था बनाउन लागेको मन्त्री हो ।

पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल र सुरक्षित यात्रा नेपालले सम्युक्त रुपमा मंगलबार बुटवलमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मूलक प्रभातफेरि पछि आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले प्रदेशलाई सुरक्षित यात्राको पहिचान गराउने गरी चालकहरूलाई अनिवार्य ‘ड्रेस’ बनाउने गरी काम गरिरहेको बताउनु भयो ।
सरकारले पहिलो चरणमा चालकहरूलाई ज्याकेटमा प्रदेश सरकारले लगानी गर्ने तयारी गरेको छ । पछिल्लो समय भइरहेको सवारी दुर्घटनामा चालकको लापरवार्ही प्रमुख देखिएकोे ट्राफिक प्रहरीको तथ्याङकले जनाएको छ ।

‘हवाइजहाज चलाउने पाइलटको ड्रेस हुने, स्कूलका गाडी चलाउनेको पोशाक हुने’ मन्त्री केसीले भन्नु भयो, ‘सार्वजनिक गाडी चलाउनेको आफ्नो पहिचान दिने गरी पोशाक किन नहुने ?’ उहाँले थप्नु भयो, ‘ चालकहरूलाई पोशाक लगाउने व्यवस्था छिट्टै लागू गछौं । हाम्रो प्रदेशमा प्रवेश गरेपछि हरेक यात्रुले चिनोस् ।

यहाँका चाकहरूको यस्तो पोशाक रहेछ । यात्रु पनि ढुक्कले गाडी चढुन प्रदेश ५ का चालकहरू जिम्मेवार छन् भनेर ।’ प्रदेश ५ मा झण्डै १० हजार यात्रुवहाक गाडीका चालकहरू रहेको यातायात व्यवसायीहरूको भनाइ छ । सबै चालकहरूको एउटै ड्रेस हुनेछ । यो व्यवस्था छिट्टै लागू गर्ने प्रदेश सरकारले तयारी थालेको छ ।

हरेक गाडीमा टाइम कार्ड लागू हुनेछ । चाडो जान पाइदैन । चालकरूलाई ड्रेससँगै प्रदेश ५ मा तीन स्थान रिर्फेस सेन्टर पनि यसै वर्षभित्र बनाउने तयारीमा मन्त्रालय जुटेको छ । मन्त्री केसीका अनुसार प्रदेश नम्बर ५ प्रवेश विन्दु नवलपरासीको बर्दघाट, दाङको लमही र बर्दियाको बासगडीमा गाडी चालकहरूलाई रिर्फेस सेन्टर बनाउन लागेको बताउनु भयो । ‘लामो समयसम्म चालकहरू गाडी चलाउँदा थकित हुन्छ ।’

केसीले भन्नु भयो, ‘रिर्फेस सेन्टरमा कम्तीमा आधा घण्टा चालकहरू बसेर हात÷मुख धुने र आनन्दित भई फेरि यात्रा सुरू गर्नुपर्छ ।’ रिर्फेस सेन्टरमा प्रवेश नगरी गाडी चलाउनेहरू कारवाहीमा पर्नेछन । त्यहाँ सिसिटिभी क्यामेरा जडित हुनेछ । गार्डेन सहितको बन्नेछ ।
प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले बढदो सडक दूर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य र एकता आवश्यक भएको बताउनु भयो । पोशाक लगाएको चालक आफ्नो पोशाकको मर्यादा राख्न पनि अनुशासित भएर सवारी चलाउने कुराको विकास हुने समेत बुढाथोकीले बताउनु भयो ।

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्षदधिराम खरेलले प्रदेश सरकारले उठाएको विषय राम्रो रहेको भन्दै आफूहरू त्यसको लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

बुटवल राजमार्ग चौराहाबाट सुरू भएको ¥याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न यातायात क्षेत्रका संघ÷संस्था, ट्राफिक प्रहरी, विद्यार्थी सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासेले दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य र एकता आवश्यक भएको बताउनु भयो । उहाँले यातायात क्षेत्रको अस्वस्थ्य प्रतिष्पर्धालाई प्रदेश सरकारले नियन्त्रण गरी दुर्घटना न्यूनीकरणका लागि काम थाल्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, अधिवक्ता महेन्द्र पाण्डे, साहित्यकार दलबहादुर गुरूङ , बावुराम अधिकारी लगायतलेबढदो सवारी दुर्घटनालाई नियन्त्रण गर्न सवैपक्षको सहयोग जरुरी रहेको औल्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्