रामवीर मानन्धरले राजीनामा दिँदै, बामदेव गौतम निर्वाचन लड्ने



काठमाडौँ ।
काठमाडौँ ७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा दिने घोषना गर्नुभएको छ । मानन्धरले अहिले दिउँसो ४ बजे राजीनामा दिएको घोषणा गर्दै हुनुहुन्छ । मानन्धरले राजीनामा दिँदै गर्दा सो स्थानका लागि बामदेव गौतमले चुनाव लड्ने हुनुभएको छ । मानन्धरले राजीनामा दिएर गौतमका लागि सिट खाली गरिदिनुभएको हो ।

गौतम गत मसिंरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया १ बाट नेपाली काङग्रेसका संजय कुमार गौतमसंग पराजित हुनुभएको थियो । गत २०७० सालको निर्वाचनमा बर्दिया १ र प्यूठान बाट निर्वाचन जितेका गौतमले उपनिर्वाचनमा बर्दिया छाड्नुुभएको थियो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्र छाडी अन्यत्र लागेपछि बर्दियाबासी गौतमसंग रिसाएका थिए । त्यस्तै गौतमले छाडेको क्षेत्र नं. १ मा तत्कालीन नेकपा एमालेकै श्याम प्रसाद ढकालले निर्वाचन जित्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्