बादशाह जुटको काफल पाक्यो



बादशाह जुट नामक फिल्मको पहिलो गीतस्वरूप काफल पाक्यो बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गीतमा नायिका प्रियंका कार्कीका साथमा नायक सुशील श्रेष्ठ र अमिर गौतमको नृत्य रहेको छ। फिल्मका अन्य कलाकारमा रोविन तामाङ, रोशी खड्का, केइसा राउत, रश्मी पाण्डे, दीपक क्षत्री, कमलमणि नेपाल रहेका छन्। विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा राजनराज शिवाकोटी र मेलिना राइको स्वर, कृष्ण भारद्वाजको संगीत तथा डीपी खनालको शब्द रहेको छ।

फिल्म बादशाह सोच्ने दुई युवाबीचको लडाइँको विषयमा केन्द्रित रहेको बताइएको छ। आगामी पुस १३ गतेबाट रिलिज हुने फिल्म जोनीसिंह रानाको लेखन तथा निर्देशनमा तयार भएको हो भने हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठको लगानीमा बनेको छ। फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र राजु कार्कीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्