लुटभन्दा फरक चंगा चेट



पशुपतिप्रसाद निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म चंगा चेटको आइतबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ। हास्यप्रधान भनिएको फिल्मको ट्रेलर विषेश गरी युवापुस्ताको प्रेम, जीवन र विभिन्न समस्यामा आधारित छ।
सँगै बस्ने ३ बेरोजगार युवाले रोजगारी खोज्ने सिलसिलमा भोग्नुपरेको समस्यालाई ट्रेलरमा चित्रित गरिएको छ। ट्रेलरमा हाँसो, रोदन, द्वन्द्व, रोमान्स, वियोगजस्ता सबै पक्ष समेटिएको छ।

फिल्ममा आयुष्मानदेशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षत्री, अर्पण थापा, प्रियंका कार्की, परमिताराज्यलक्ष्मी राणा, सुरक्षा पन्त, निश्चल बस्नेत, बेनिषा हमाल, ऋचा शर्मा, शिशिर वाङ्देल, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङ, निर्मल शर्मालगायतले अभिनय गरेका छन्।

कार्यक्रममा फिल्मका निर्देशक दीपेन्द्र के खनालले चंगा चेट विगतका सिनेमाभन्दा केही पर हटेर पँर्ण मनोरञ्जनप्रधान फिल्म बनाएको बताए। निर्माता माधव वाग्लेले फिल्मको ट्रेलर हेर्दा लुट जस्तो देखिए पनि लुट शृंखलाभन्दा चंगा चेट फरक एवं मनोरञ्जनप्रधान बनेको बताए।

उनले तिहारको अवसर पारेर दर्शकलाई मन पर्ने स्वादको फिल्म ल्याउन लागेको बताए। फिल्ममा लेखन प्रदीप भारद्वाज, गीत हरिहर तिमल्सिना र मिस्टर आरजे राजेन्द्र भट्ट, संगीत मिस्टर आरजे राजेन्द्र भट्ट र राजनराज शिवाकोटी, कोरियोग्राफी प्रवीण सिंह, द्वन्द्व सँर्य थोकर, छायांकन निरज कँडेल र सम्पादन दीर्घ खड्काको रहेको छ। आगामी कात्तिक १६ गते रिलिज हुने फिल्म माधव वाग्लेका साथ शर्मिला पाण्डेले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्