गरिबीकै कारण मानसिक समस्या, अात्महत्या र बलात्कारमा बृद्धि



-भगवती तिमल्सिना

हरेक क्षेत्रमा बढ्दो क्रममा रहेको मानसिक स्वास्थ्य समस्याका विषयमा हरेक घर–घरमा र पाइला–पाइलामा छलफल र निकासको खोजी गर्नु जरुरी भइसकेको छ। विगतमा लामो समय देशमा देखा परेको आन्तरिक द्वन्द्व र त्यसले निम्त्याएको मानसिक समस्याका कारण यतिबेला पनि देशमा मानसिक स्वास्थ्य समस्याले विकराल रूप लिएकै छ।

यिनै विषयलाई ध्यानमा राखी ‘बदलिँदो विश्वमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मँल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइएको मानसिक स्वास्थ्यका क्षेत्रमा लामो समयदेखि सक्रियरूपमा काम गर्दै आउनुभएका अधिकारकर्मी जगनाथ लामिछाने बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘युवा मानसिक स्वास्थ्यका कारण प्रभावित हुने सबैभन्दा ठँलो समँह हो। प्रायः धेरै मानसिक समस्या १२ देखि २४ वर्षको समयमा नै शुरू हुन्छन्, तर पनि सामाजिक लज्जा र डरका कारण युवाले आफ्नै मानसिक स्वास्थ्यलाई उपेक्षा गर्ने गर्दछन्। मानसिक स्वास्थ्य युवाको सर्वपक्षीय विकाससँग जोडिएको हुन्छ, जस्तै शिक्षा, जागिर, उद्यमशीलता, सामाजिक तथा पारिवारिक सम्बन्ध, शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्य आदि। युवालाई केन्द्रविन्दुमा राखेर मानसिक स्वास्थ्यको कुरा नगर्दा हामीलाई हरेक दिन ठँलो घाटा छ। उदाहरणका लागि, १५ वर्षदेखि २९ वर्षको उमेर समँहका युवामा आत्महत्या मृत्युको प्रमुख कारण हो।

सरकारकाे ध्यान पुगाेस

मानसिक स्वास्थ्य समस्याकै कारण युवा जाँडरक्सी जस्तो कुलतमा फस्ने, असुरक्षित यौनसम्बन्ध राख्ने तथा सवारी दुर्घटना निम्त्याउने गरेको पाइएको छ। बद्लिँदो विश्व परिवेशमा, सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगले युवामा फाइदा मात्र नभई मानसिक स्वास्थ्यको जोखिम पनि निम्त्याएको छ। त्यसैले हामी हाम्रो मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यलाई ख्याल गर्दै एउटा सधैंभरि स्वस्थ र खुसी बन्ने बाटो खोज्नका लागि यस्ता छलफलमा युवा हातेमालो गर्न आवश्यक भएको कुरा लामिछानेले औंल्याउनुभएको छ।

पछिल्लो समय नेपालमा यस्ताखाले समस्या दिन प्रतिदिन बढ्दै गएको समेत अधिकारकर्मीको ठम्याइ छ। देशमा भएका द्वन्द्वले कतिका घरबार उजाड भए, कतिको सिउँदो पुछियो, कतिको काख रित्तियो। कतिले अहिलेसम्म पनि शान्तिको श्वास फेर्न पाएका छैनन्। आफ्ना अभिभावक, सन्तान, श्रीमान्श्रीमती, छोराछोरी, नातीनातिनी फर्केर आउने आशै आशमा दिनरात मानसिक तनावमा जीवन जीउन बाध्य हजारौं व्यक्ति आज मानसिकरूपमा प्रत्यक्ष प्रभावित भइरहेका छन्। यसका लागि सरकारले ठोस कदम चाल्न नसक्नु विडम्बना नै हो।

‘युवा मानसिक स्वास्थ्यका कारण प्रभावित हुने सबैभन्दा ठूलो समूह हो। प्रायः धेरै मानसिक समस्या १२ देखि २४ वर्षको समयमा नै शुरू हुन्छन्, तर पनि सामाजिक लज्जा र डरका कारण युवाले आफ्नै मानसिक स्वास्थ्यलाई उपेक्षा गर्ने गर्दछन्। मानसिक स्वास्थ्य युवाको सर्वपक्षीय विकाससँग जोडिएको हुन्छ, जस्तै शिक्षा, जागिर, उद्यमशीलता, सामाजिक तथा पारिवारिक सम्बन्ध, शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्य आदि। युवालाई केन्द्रविन्दुमा राखेर मानसिक स्वास्थ्यको कुरा नगर्दा हामीलाई हरेक दिन ठँलो घाटा छ। उदाहरणका लागि, १५ वर्षदेखि २९ वर्षको उमेर समँहका युवामा आत्महत्या मृत्युको प्रमुख कारण हो।

वर्षेनी मनाउँदै आएको विश्व मानसिक दिवसका अवसरमा समेत सरकारलेभन्दा एनजीओ तथा पीडित व्यक्तिको समँहले कार्यक्रमको आयोजना गरी देशको इज्जत ढाक्ने काम गरिरहेको पनि लामिछाने बताउनुहुन्छ। देशको पछिल्लो बदलिँदो परिस्थितिले आम नेपालीलाई निकै संकटमा पारेको छ। कहिले देशमा हुने आन्तरिक द्वन्द्व त कहिले नयाँ व्यवस्था, बहुदल, जनआन्दोलन, लोकतन्त्र, संघीयता हरेक नामले आम जनतालाई मानसिक तनावभन्दा ठँलो उपलब्धि नेतालाई खुलेआम जनतामाथि शासन जमाएर राज्य र जनतालाई थप गरिबीतर्फ धकेल्दै गरेको विज्ञको ठम्याई छ।

समुन्नत देशका समृद्ध नेपालीको नाराले सार्थकता पाउन नसक्दा दिन प्रतिदिन, महँगी, अत्याचार, हत्या, हिंसा, बलात्कार, चोरी, डकैती र ठगीको वृद्धिले हरेक मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्याले जरा गाड्दो छ। नजिकिएको चाडपर्व, आर्थिक अभाव, सरकारको हचुवाको निर्णय र बलपँर्वक प्रयोग गरिएको कानुन तथा नीतिनियमले धेरै मानिसमा मानसिक समस्या थपेको पाइन्छ। लोकतन्त्र र स्थायी सरकारले देश जनतालाई समृद्ध बनाउनुपर्नेमा थप गरिबी, अभाव र अराजकताको स्थितिमा पु¥याउनुले मानसिक समस्याले थप जरा गाड्दै छ।

देशले गर्व गर्ने ठाउँका रूपमा सरकारले विकास गर्नुपर्ने जनतालाई राहत र अपनत्व सरकारले दिनै सकेको छैन। छ त केवल नेतालाई भागवण्डा र कुर्सी। तिनलाई टिकाइ राख्न जनताको ढाड कसरी भाँच्ने र नेताको पोल्टो भर्नेभन्दा माथिको सोच सरकार चलाउने जिम्मेवारी पाएका नेतामा नभएकै कारण जनताले आर्थिक, सामाजिक, शारीरिकरूपमा धान्नै नसक्ने अवस्थामा पुग्दा मानसिक रोगको शिकार बन्दै गएका छन्।

नजिकिँदै गरेको दशैं, तिहारको मुखमा सरकारले अरनिको राजमार्ग र बीपी राजमार्गको किनारामा छाप्रा र झुपडीमा गुजारा चलाउँदै आएका सयौं परिवारको पेटमा लात हानेर जसरी खण्डहर बनायो यो कदापि प्रशंसनीय कार्य नभई निन्दनीय कार्य हो। जो सडक किनारामा बस्थे ती कुनै अरबपति या लुटको धन कमाउने हैसियतका नभएर रातदिन जुठो भाँडा मोलेर सामान्य गुजारा चलाउने व्यक्ति थिए। यी परिवारका लागि यो सरकारले लगाएको गुनले पुस्तौं पुस्तासम्म आर्थिक मात्र नभई मानसिकरूपमा समेत विछिप्त बनाउनेछ। यो चोटले यी परिवारमा कहिल्यै नमेटिने घाउ लागेको छ र मानसिकरूपमा नै ठँलो असर पर्ने मनोचिकित्सकको ठम्याइ छ।

जनताले सोचेको समृद्धि र लोकतन्त्र वास्तवमै यस्तो होइन। सरकारले पहिला दीर्घकालीन योजना बनाओस् र जनताको स्तर, भँगोलको परिस्थिति र देशको आर्थिक अवस्थालाई ध्यानमा राखी सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारीको विकास गरेर मात्र कर असुल्ने हैसियत सिर्जना गरी जनतालाई शान्तिको श्वास फेर्ने वातावरण सिर्जना गरोस्। बलात्कारी, हत्यारा, लुटेरा, भ्रष्टाचारीको संरक्षण दिएर सर्वसाधारण जनताको आर्थिक, सामाजिक र मानसिक अवस्थालाई धरासायी नबनाउन पनि मनोचिकित्सकले आग्रह गरेका छन्। विश्व मानसिक दिवसको सन्देशले सरकारको आँखा खुलोस् र जनताले बडादशैंका अवसरमा आँसु पिएर हैन रूखो पिठो नै किन नहोस् बिनामानसिक दबाब खान पाउन भन्दै लामिछानेले सरकारसमक्ष आग्रह गर्नुभयो।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्