अमेरिकी प्राध्यापकद्वयलाई अर्थशास्त्र तर्फको नोवेल पुरस्कार



स्टकहोम
यसवर्षको अर्थशास्त्र तर्फको नोवेल पुरुस्कार दिगो आर्थिक वृद्धिका लागि उल्लेखनिय काम गरे वापत विलियम नोर्धाउस र पाउल रोमरलाई दिइने सोमवार घोषणा गरिएको छ ।

यि अमेरिकी अर्थशास्त्रीको अनुसनधान जलवायु परिवर्तन र प्रविधिले अर्थतन्त्रमा के कस्तो प्रभाव पार्छ भन्नेबारे अनुन्धान केन्दि«त गरेका थिए । रोयल स्वेडिस एकेडमि अफ साइन्सेजले आफुहरुले कसरी दिगो वृद्धि गर्न सकिन्छ भन्ने निकै महत्वपुर्ण प्रश्नालाई सम्बोधन गरेको बताएको छ ।

यि दुवैले संयुक्त रुपमा ८ लाख ४१ हजार पाउन्ड पुरुस्कार पाउने भएका छन् । उक्त एकेडमिले याल युनिभर्सिटिका प्राध्यापक नोर्धाउस अर्थतन्त्र र जलवायुबिचको अन्तर सम्बन्ध बताउन सक्ने नमुना तयार पार्ने पहिलो व्यक्ति भएको जनाएको छ ।

त्यसैगरी न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कुल अफ बिजिनेसका प्राध्यापक रोमरले कम्पनीहरुको नयाँ विचार र आधुनिकीकरणको इच्छा माथि आर्थिक शक्तिहरुले नियनत्रण गर्दछ भन्ने तथ्य प्रस्तुत गरेका छन् ।

एकेडमिले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ तिनीहरुको खोजले बजार अर्थतन्त्रले प्रकृति र ज्ञानबिच कस्तो अन्तरक्रिया गर्दछ भन्ने बताउन नमुनाहरु तयार गरी आर्थिक विश्लेषणको दायरा महत्वपुर्ण ढंगले फराकिलो पारेका छन् । ’

यसै वर्षको शुरुमा विश्व बैंकको प्रमुख अर्थशास्त्रीको रुपमा काम गरेको केवल पन्ध्र महिनामा नै राजिनामा दिएर प्राध्यापक रोमर निकै विवाद निम्ताएका थिए । उनले चिलीको व्यापार व्यवशायको वरियताक्रम सम्बन्धी निस्केको प्रतिवेदन समाजवादी राष्ट्रपति मिचेल बाचलेटको सरकारले राजनीतिक हस्तक्षेप गरेको हुनसक्ने दावी गरेका थिए ।

त्यसपछि स्पष्टवादी अर्थशास्त्री रोमरको विभिन्न विषय वस्तु , संस्थाको संस्कृति र अर्थशास्त्रीहरुके भाषा प्रयोगलाई लिएर विश्व बैंकमा आफ्ना सहकर्मिहरुसंग मनमुटाव भएके खवरहरु बाहिर आएको थियो ।

अर्थशास्त्र तर्फको नोवेल पुरुस्कार प्राविधिक रुपमा स्भेरिजेज रिक्सबैंक प्राइजको नामबाट चिनिन्छ । यो पुरुस्कार अल्फ्रेड नोवलको सम्झनामा स्विडेनी केन्दि«य बैंकले स्थापना गरेका थिए । यो पुरस्कार पहिलो पटक सन् १९६९ मा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्