समलिंगी विषयमाथिको जनमत संग्रह असफल



बुखारेस्ट,(एजेन्सी)
रोमानिया समलिंगी विवाहलाई संवैधानिक रुपमा प्रतिवन्ध लगाउने विषयमा भएको जनमत संग्रह असफल भएके छ । यस मतदानमा केवल २० प्रतिशत मतदाताले मात्र भाग लिएका ेसोमवार निर्वाचन आयोगले जनाएको छ ।

रोमानियालीहरुलाई के तिनीहरु वर्तमान संविधानलाई परिवर्तन गरी केवल पुरुष र महिलाबिच मात्र विवाह गराउन चाहन्छौ भन्ने प्रश्न अघि सारिएको थियो । तर वैध मतदाता मध्ये २० दशमलव ४ प्रतिशतले मात्र मतदानमा भाग लिएका थिए । उक्त जनमत संग्रहले मान्यता पाउन ३० प्रतिशत मत खस्नुपर्नेे बताइएको छ ।

शुक्रवार गरिएको मत सर्भेक्षणमा यस विषयमा संविधान परिवर्तन् गराउन चाहनेहरु ९० प्रतिशत देखिएको आधारमा यो चुनावी परिणाम निकै आश्चर्यजनक देखिएको छ ।

जनमत संग्रह समर्थित कोअलिसन फर फेमिली नामक समुहका अध्यक्ष मिहाइ घेओरघिउले चुनाव हुनु अघि पुरुष र महिलाबिच मात्र विवाह हुने प्राकृतिक परिभाषालाई संवैधानिक स्तरमा संरक्षण गर्नका लागि आफुहरु प्रयासरत रहेको वीवीसीलाई बताएका थिए ।

जनमत संग्रह प्रति शक्तिशाली अर्थोडोक्स चर्चको समर्थन प्राप्त भएपनि अस्वाभाविक ढंगले मतदाताको संख्यामा कमि आएको छ । रोमानियाको सत्तारुढ सोसियल डेमोक्रेटले पनि यस जनमत संग्रहको पुर्ण समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्