दुर्घटनामा २० ठहरै



न्युयोर्क (एजेन्सी)
अमेरिकाको न्युयोर्कमा एक लिमोजिन गाडी दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । उक्त दुर्घटना शनिबार अपरान्ह सोहरी सहरमा भएको हो । दुर्घटनाग्रस्त लिमोजिन केही ब्यक्तीलाई लिएर पार्टीमा गइरहेको थियो ।

गाडीमा रहेका सबै यात्रुको मृत्यु भएको र गाडीले सडकमा हिँडिरहेका दुई जनालाई पनि कुल्चेको थियो । मृत्यु भएकाहरुको नाम उल्लेख गरेको छैन तर न्युयोर्क टाइम्सले दुर्घटनामा ४ दिदीबहिनी र कम्तिमा दुई नवविवाहित जोडीको मृत्यु भएको जनाउको छ । मृत्यु हुनेमा कुनै बच्चा नभएको प्रहरीले जानकारी दिएको छ । उनीहरु कसैको जन्मदिनको खुसियाली मनाउन गइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्