इन्टरपोल अध्यक्ष मेंग चिनियाँ हिरासतमा, अध्यक्ष पदबाट राजिनामा



बेइजिङ (एजेन्सी)
अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलले आइतबार अबेर रानी आप्mनो प्रमुख मेंग होंगवेइको राजिनामा पाप्त भएको घोषणा गरेको छ । मेँग सेप्टेम्बर २५ देखि बेपत्ता छन् र चीनले उनलाई कानुन उलंघन गरेको आसंका गरेको बताइएको छ ।

मेंग इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन सहरबाट बेपत्ता भएका थिए । इन्टरपोलको मुख्यालयबाट प्रस्थान गरेपछि मेंग सम्पर्क विहिन बनेका थिए ।

इन्टरपोलले एक विज्ञप्ती जारी गरी मेंगले तत्काल लागु हुने गरी राजिनामा दिएको र दक्षिण कोरियाका किम जोंग योगलाई कार्यवाहक प्रमुख बनाइएको उल्लेख गरेको छ ।

इन्टरपोल प्रमुख मेंग होंगवेइ बेपत्ता भएको कयौं दिनपछि चीनले उनी जाँचको दायरामा रहेको जानकारी दिएको छ । चीनले आइतबार उक्त जानकारी दिएको हो । यसअघि मेंगकी पत्नीले उनको ज्यान जोखिममा रहेको बताएकी थिइन् । बेपत्ता हुनु अगाडी खतरा तर्फ संकेत दिन उनलाई चक्कुको तस्विर पठाएको उनले जानकारी गराएकी थिइन् । सेप्टेम्बर २९ मा इन्टरपोल प्रमुख फ्रान्सबाट प्रस्थान भएपछि उनकी पत्नीले उसँग सम्पर्क गर्न सकेको छैन ।

हङकङको साउथ चाइना मर्निङ पोस्टले एक अज्ञात सुत्रलाई उदृत गर्दै ६४ बर्षका मेंगलाई चीनले सोधपुछका लागि हिरासतमा लिएको उल्लेख गरेको छ । इन्टरपोल एक उच्च स्तरको अन्तराष्ट्रिय प्रहरी संस्था हो जसमा २ सय ९२ देश सदस्य छन् । मेंग सन् २०१६ मा इन्टरपोलका अध्यक्ष बनेका थिए । त्यही बेला मानवअधिकार समुहले चीनमा विदेशमा असमतिका आवाज दबाउन उनलाई दबाव दिन सक्ने अनुमान गरेका थिए ।

इन्टरपोलले आफना अध्यक्ष मेंगलाई हिरासतमा लिइएको समाचार बाहिर आएपछि चीन सरकारसँग स्पष्टिकरण मागेको छ । त्यसपछि चीनले आइतबार बेपत्ता भएको भनिएका इन्टरपोल प्रमुख मेंग होंगवेइ कानुन उलंघन गरेको आसंकामा जाँचको घेरामा रहेको जानकारी दिएको थियो ।

हालैका बर्षमा केही अधिकारीहरु बेपत्ता भएको कयौं हप्ता तथा महिनापछि चीन सरकारले उनीहरु छानविनको प्रक्रियामा रहेको बताउने गरेको छ । चीनले यी घटनाहरुमा धेरैजसो भ्रष्टाचारका कारण भएको बताउने गरेको छ । हालै मात्र अन्तराष्ट्रिय स्तरमा चर्चित चीनका एक अभिनेत्री विगत केही महिनादेखि बेपत्ता रहेको विषयमा उनी माथि करछलीको आरोपमा छानबिन भइरहेको चीन सरकारले जनाएको छ ।

मेंग होंगवेइ चीनको जन सुरक्षा विभागका उपमन्त्री रहीसकेका थिए । उनी चीनका पहिलो त्यसतो नागरिक हुन् जसलाई दुई बर्ष अगाडी इन्टरपोलका प्रमुख पदमा चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्