आईसीपीका कारण वीरगन्ज भन्सारको भार घट्दै



कृष्णउदास खनाल, वीरगन्ज
पर्सा जिल्लाको अलौमा रहेको नेपाल–भारत संयुक्त जाँच चौकी (आईसीपी) पूर्ण सञ्चालनमा नआउँदै प्रमुख भन्सार नाका वीरगन्जको करिब ६० प्रतिशत भार त्यसमा सरेको छ ।

अस्तव्यस्त वीरगन्ज भन्सार कार्यालयको कार्य सम्पादनलाई व्यवस्थित गर्न विकल्पका रुपमा निर्माण भएको आईसीपी पँर्ण सञ्चालनमा नआउँदै वीरगन्ज भन्सारको ६० प्रतिशत भार सरिसकेको हो ।

चालँ आर्थिक वर्षको २ महिनामा मात्रै साढे २५ हजार ४७८ वटा मालवाहक सवारी आईसीपी हुँदै नेपाल भित्रिएका छन्। तथापि, परनिर्भरतामा अडेको मुलुकको प्रमुख भन्सार नाका आईसीपी अझै पँर्ण सञ्चालनमा भने आइनसकेको आईसीपी सञ्चालनको जिम्मा लिएका इन्टरमोडल यातायात विकास समितिका प्रमुख हेमेन्द्रमोहन शाहीले बताउनुभयो ।

आईसीपीबाट चाल” आर्थिक वर्षको २ महिना अर्थात साउन १ गतेदेखि भदौ ३१ गते ४ बजेर ९ मिनेटसम्ममा कुल भित्रिएका सवारी साधन २५ हजार ६९० वटा रहेका छन् ।

तर, त्यसमा २१२ वटा भने मालवाहक सवारी नभई नयाँ जिप, कार, ट्याक्टर र रिक्सा भएको आईसीपी सञ्चालनको जिम्मा लिएको समितिका प्रमुख शाहीले तर्क गर्नुभयो ।

चालँ आर्थिक वर्षको दुई महिनामा सबैभन्दा बढी मालवाहक ट्रक मात्र ७ हजार २१५ वटा आईसीपीको बाटो भएर नेपाल भित्रिएका छन्। त्यसै गरी पेट्रोलियम पदार्थ बोकेका ट्यांकर ५ हजार ६९१ थान, कन्टेनर ५ हजार १ थान, आर्टिक्युलेटेड ४० फुटे गाडी दुई हजार ३९० थान, एलपी ग्यास बोकेका कन्टेनर दुई हजार २०१ थान, फिक्स कन्टेनर एक हजार ५७३ थान, २० फुटे कन्टेनर एक हजार २८० थान र आर्टिक्यँलेट २० फुटे गाडी २८ थान भित्रिएका छन्।

२०७४ चैत २६ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्लीबाट आईसीपीको संयुक्त उद्घाटन गरेका थिए। त्यसयता २९ हजार ८०७ वटा मालवाहक सवारी आईसीपीबाट नेपाल भित्रिएका थिए।

चालँ आर्थिक वर्षको २ महिनाको पनि गरी कुल ५५ हजार २८५ वटा मालवाहक सवारी आईसीपी सञ्चालनमा आएदेखि अहिलेसम्म आइसीपीबाट नेपाल भित्रिए इन्टरमोडल यातायात विकास समितिका प्रमुख शाहीले बताउनुभयो । आईसीपीबाट भित्रिएका कुल कार्गो साविकको वीरगन्ज भन्सार कार्यालयबाट भित्रिएका कार्र्गेमध्ये ६० प्रतिशत जति भएको वीरगन्ज भन्सार कार्यालयका सँचना अधिकारी सन्तोष यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्