माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले ६ महिनाभित्र उत्पादन शुरू गर्ने



नेपाल समाचारपत्र, लमजुङ
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले छ महिनाभित्र उत्पादन थाल्ने बताएको छ । उक्त जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेथ्रु’ भएसँगै को ८० प्रतिशत काम सम्पन्न भएको हुँदा आयोजनाले अबको छ महिनाभित्र विद्युत् उत्पादन शुर गर्ने आयोेजनाले जानकारी दिइएको हो ।

आयोजनाका अध्यक्ष कुशकुमार जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्न सफल हुने दाबी गर्नुभयो । उहाँले सरकारले ट्रान्समिसन लाइन समयमै बनाउन नसकेको खण्डमा आफ्नो आयोजनाबाट उत्पादित विद्युत् खेर जानेको हो कि ? भन्ने आशंका बढ्न थालेको बताउनुभयो ।

आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी हाइड्रोपावरका सञ्चालक राजेन्द्र वस्तीले कुल २ हजार ६ सय २३ मिटर लामो भँमिगत सुरुङ निर्माण सम्पन्न भएको जानकारी दिँदै विद्युत् गृह र बाँध गरी कुल दूरी पाँच हजार चार सय ५७ मिटरमध्ये दुई हजार ८ सय ५४ मिटरको भागमा पेनस्टक पाइप बिच्छ्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले चार वर्ष अघिदेखि सुरुङ निर्माण शुरु गरे पनि भँकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिला भयो ।’ उहाँका अनुसार आयोजनाको निर्माण कार्य २०७१ देखि शुरु गरिएको हो ।

लिवर्टीका निर्देशक डा. आत्माराम घिमिरेले आयोजनाको कुल प्रगति ८० प्रतिशत पँरा भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयोजनामा बाँध र विद्युत् गृहको ६०, पेनस्टक पाइपको ९० प्रतिशत काम सकिएको छ ।’
हामी आगामी मार्चभित्र आयोजनाको भौतिक निर्माण सम्पन्न गर्ने तयारीमा छौं उहाँले बताउनु भयो ।

उक्त जलविद्युत आयोजनाको कुल उत्पादन क्षमता २५ मेगावाट छ । सो आयोजनामा १२ दशमलव ५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्वाइन रहने कम्पनीले जनाएको छ ।

करिब चार अर्ब रुपियाँ लागत रहेको सो आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकको इक्विटी लगानी रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । कुल ग्रस हेड ३ सय २५ दशमलव ५६ मिटर रहेको आयोजनाले स्थानीय तहको विकासका ६ करोड खर्च गर्ने जनाएको छ । जसमध्ये हालसम्म साढे ३ करोड खर्च भइसकेको र निर्माण सकिएपछि २ करोड खर्च गर्ने आयोजनाको दाबी छ ।

दोर्दी गाउँपालिका– ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको यस आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट ५ हजार ४ सय ५७ मिटर तल मालेबगरमा निर्माण गरिएको विद्युत् गृहमा लगेर पानी खसाल्ने योजना छ । यस आयोजनामा हिउँदको समयमा ८ रुपियाँ ४० पैसा र बर्खाको समयमा ४ रुपियाँ ८० पैसा रहने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिरणले कीर्तिपुरमा निर्माण गर्न लागेको एक सय ३२ केभी डबल सर्किटको सबस्टेशनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्