हिट वाणी



‘घुस लिन्या र दिन्या दुवै शत्रु हुन्’–यो भनाई हालसालको ताजा होइन । नेपाल एकीकरणमा जुट्या तत्कालिन राजा पृथ्वीनारायण शाहले ऊ बेला बोल्या बोली अहिले पनि उत्तिकै ‘हिट’ छ । घुस विना सरकारी र अन्य सार्वजनिक निकायमा सेवाग्राहीको कुनै काम हलचल नगर्ने भएसी नेपाली जनजिब्रोमा सो भनाई झन्ै ‘फिट’ छ ।

राजतन्त्र बाईबाई गर्दै गणतन्त्र हाईहाई भन्ने सिकाउने नेताहरु उनै शाहबंशका सुपरहिट नायकको उखान दोहो¥याउन अहिले मरिहत्तै गर्न थाल्या छन् । धरहराले हिजो अस्ती सुन्यो वर्षौ अघि नियुक्ती लिएर पेन्सन पकाउन रेडी भएका र हालसालै सरकारी दानापानी पाउने निधो भएका कर्मचारीले फेरी नयाँ ढंगले सपथ गर्नु पर्ने भएछ ।

‘म भ्रष्टाचार गर्दिन, घुस लिन्न’ भन्दै कर्मचारीले सपथ गर्नु पर्ने रे, हाम्रा ओली कम्रेड नेतृत्वको सरकारको नयाँ उर्दी । कर्मचारीले नियुक्त लिँदा चाहिँ के कस्ता वाक्य खुलाउँदै सपथ गराइन्छ कुन्नी, धरहरालाई निकै खुलदुली भयो । अनि कम्रेड ओलीको नयाँ उर्दी कहिलेसम्म लागु हुने हो, दशैं, तिहार र छठ पर्वसम्म मात्रै हो कि, यसो बुझ्न पाए हुन्थ्यो ।

कि दशैं, तिहार र चाडवाडको बेला घरायसी खर्च निकै हुन्छ, यसो मिलाएर घुस लेऊ अनि अन्यत्र पनि मिलाएर देऊ भन्या हो? जे होस ऊ बेला पृथ्वी नारायणले अहिलेको नेपालको कुन्डली पल्टाएर घुसबाणी रच्या रैछन् ।

प्रतिक्रिया दिनुहोस्