दशैं कार्निभलमा २५ प्रतिशतसम्म छुट अफर



काठमाडौं, (नेस)
चाबहिलस्थित सपिङ सेन्टर चाबहिल प्लाजाले दशैं कार्निभल योजना सञ्चालनमा ल्याएको छ । विजय दशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आकर्षक छुट र उपहारसहित दशैं कार्निभल योजना सञ्चालनमा ल्याएको हो ।

असोज २० गतेदेखि शुरु भएको दशैं कार्निभल योजनाअन्तर्गत चाहबिल प्लाजामा एक हजार रुपियाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सय सीसीको रनर चिताह बाइक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ ।

उपहार योजनामा सहभागीले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन तथा सपिङ भौचरसमेत जित्न सक्नेछन् । प्लाजामा मोबाइल, ग्रार्मेन्ट, रेष्टुरेन्ट, कफी सप, ब्युटी स्टुडियो, फिटनेस क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् ।

प्रतिक्रिया दिनुहोस्