ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै



काठमाडौं, (नेस)
न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला असोज २३ गतेदेखि असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलमा मोबाइल खरिद बिक्रीमा ग्राहकले न्यँनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनै पनि मोबाइल खरिदमा ग्राहकले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकले स्मार्ट टेलिकमको सिम कार्डसमेत निःशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रक्रिया ग्राहकले पँरा गर्नुपर्ने हुन्छ ।

यसका साथै हरेक कम्पनीले आफ्नो प्रवद्र्धनमा राखेको स्क्रिम पनि ग्राहकले साथमा नै प्राप्त गर्न सक्नेछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेला ग्राहकले फरक अनुभव र आफँले रोजेको मोबाइल सुपथ मँल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताउनुभयो ।

‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकलाई दशैंको अवसर पारेर विभन्न अफरका साथमा सुपथ मँल्यमा फोन बिक्री गर्नेछौं,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्