ब्राजिलमा राष्ट्रपतिय लगायत अन्य चुनाव शुरु, झण्डै १५ करोड मतदाता



रियो दि जेनरो,(एजेन्सी)
ब्राजिलियनहरुले वर्षौंपछि पहिलो पटक अत्यन्तै धुव्रिकरण भएको राष्ट्रपतिय नर्विाचनमा आइतवार मतदान गर्न लागेका छन् । यस चुनावका लागि झण्डै १५ करोड वैध मतदाता रहेका छन् ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत हासिल गर्न नसकेको अवस्थामा तीन साता भित्र दोश्रो चरणको मतदान गराइने भएको छ । मत सर्भेक्षण अनुसार अति दक्षिणपन्थी उम्मेदवार जाइर बोल्सोनारो अग्र स्थानमा रहेका छन् । उनले आफ्नो चुनावी प्रतिवद्धतामा अपराध समधान गर्दै हत्याको दर घटाउने बताएका छन् ।

उनका प्रमुख प्रतिद्वन्द्वीमा वर्कर्स पार्टीका वामपन्थि नेता फर्नान्डो हादाद रहेका छन् । साओ पाउलोका पुर्व मेयर हादादलाई पुर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले समर्थन गरेका छन् ।

भ्रष्टाचारको आरोपमा कारावास चलान गरिएपछि लुइजलाई यसपालिको चुनाव उठनका लागि अयोग्य घोषित गरिएको थियो ।
ब्राजिलियन जनताहरुले सम्पुर्ण राज्यका गवर्नर , दुई तिहाई सिनेटर र संसदका लागि विधायकहरुको पनि छनौट गर्दैछन् ।

यसैगरी ब्राजिलियनहरुले राज्य विधान सभाका लागि पनि एक हजार जना भन्दा बढि विधायकहरुको छनौट गर्ने भएका छन् । गत सेप्टेम्वरमा चुनाव प्रचार प्रसार ¥यालीको दौरान अचानक छुरा प्रहार गरिएका बोल्सोनारोले चुनाव अभियानको अन्तिम कार्यक्रममा भाग लिन पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्