एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालन



काठमाडौं(नेस) । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा चौंथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहबीच चांैथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा गहन अध्ययन र परिश्रमबाट उक्त कार्षको प्रवेश परिक्षामा उत्तीर्ण भई सो कार्षमा छनोट भएकोमा परिक्षार्थी अधिकृतहरुले गर्व गर्नुपर्ने चर्चा गर्नुहँुदै मेहनतकासाथ उक्त कोर्ष सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

एपीएफ अधिकृतहरुको व्यावसायिक क्षमता र योग्यतामा अभिवृद्वि गरि भविष्यमा संगठनको नेतृत्व गर्नसक्ने सक्षम अधिकृत उत्पादन गर्ने उद्देश्यले सो स्टाफ कलेज स्थापना भएको स्मरण गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज आफ्नो उद्देश्य प्राप्तीको दिशामा प्रभावकारी ढंगले अगाडी बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले सो कोर्षबाट नेतृत्व विकास, व्यावसायिक कार्यकूशलता, फौजको परिचालन लगायतका विविध प्रकृतीका क्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुहँुदै भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोर्ष संचालनको लागि नेपाल सरकार गृहमन्त्रालय र त्रिभुवन विश्वविद्यालयबाट प्राप्त सहयोग तथा सहकार्य प्रति आभार प्रकट गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय (मानबिकि तथा समाजशास्त्र)का डिन शिवलाल भुसालले यस्ता कोर्षले एपीएफ अधिकृतको ज्ञान र क्षमतामा अभिवृद्धि हुने चर्चा गर्नुहुँदै कोर्ष उपयोगी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो कार्यक्षेत्र भित्रका विविध कामकारवाहीमा सफलता प्राप्त गरिरहेको बताउनुुहुँदै संगठनले आफ्नो दायित्व निर्वाहमा उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्नुभयो ।
यस कोर्ष संचालनमा त्रिभुवन विश्वविद्यालयबाट सहयोग भईरहेको स्मरण गर्नुहुँदै उहाँले आगामी दिनहरुमा समेत आवश्यक सहयोग र समन्वय भई रहने बताउनुभयो ।

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक संयोजक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले उक्त कोर्षले एपीएफ अधिकृतको नेतृत्व विकासमा महत्वपूर्ण सघाउ पु¥याउने चर्चा गर्नुहँुदै संगठनको लागि उक्त कोर्ष फलदायी रहेको बताउनुभयो ।

ज्ञान, सिप तथा व्यावसायिक क्षमता अभिवृद्धिमा यस कोर्षले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुहुँदै उहाँले कोर्षको समाप्तीपछि प्रशिक्षार्थीहरुले अझै बढि योगदान पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. किशोर प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कोर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्ध व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, सीमा, भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विषयहरु समेटिएको कुरा समारोहमा चर्चा गरिएको थियो ।

१८ महिना अवधिको उक्त कोर्षमा कूल १२ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्