सहकारी ऐन नबन्दा समस्या



सरकारी ऐन नबन्दा यहाँका सहकारी संस्थालाई काम गर्न समस्या भएको छ । स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा समेत परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानुन र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको अवस्था छ ।

केही स्थानीय तहले सहकारी ऐन निर्माणका लागि शुरुवात गरेका भए पनि धेरैजसो ठाउँमा सहकारी ऐन निर्माणको काम नै शुरु हुन सकेको छैन । सहकारी ऐन निर्माणका लागि कर्मचारीको अभाव देखिन्छ । स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भएका भए पनि ऐन भने बन्न सकेको छैन ।

जिल्लाका १० वटै स्थानीय तहमा सहकारी ऐन बन्न सकेको छैन । स्थानीय तहमा सहकारी हस्तान्तरण भए पनि प्रभावकारीरूपमा कार्यान्वयनमा आउन सकेको छैन । स्थानीय तहमा सहकारी ऐन नहुँदा सहकारीलाई अप्ठ्यारो भएको अवस्था छ । यसमा ध्यान जाओस् ।
– सरिता सुनार, बैतडी ।

प्रतिक्रिया दिनुहोस्