नेतृत्वविहीन अवस्थामा नेपाल स्काउट



वि.सं. २००९ असार ५ गते तत्कालीन राजा श्री ५ त्रिभुवन वीरविक्रम शाहदेव सरकारको बाहुलीबाट नारायणहिटी राजदरबारमा विधिवत् झन्डोतोलन गरी स्थापना भएको संस्था नेपाल स्काउट । श्री ५ को संरक्षक–संरक्षिकाबाट २०४५ सम्म रहे । बहुदल शुरु भएदेखि ५ वर्षसम्म नेतृत्वविहीन भएको थियो । ने.स्का.को ऐन नियमावली २०५१ ले नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री हुने व्यवस्था ग¥यो । नेपाल स्काउटको ऐन नियम संशोधनका लागि बेला–बेलामा देशका विभिन्न भागमा गोष्ठी, सम्मेलन गरेका थिए ।

पूर्वप्रमुख आयुक्त श्री श्रीराम लामिछानेज्यूबाट तेस्रो कार्यकालको २०७१ साल प्रमुख आयुक्त भई काम गर्दाको अवस्थामा चित्त नबुझेका केही स्काउट, स्काउटरहरुले धर्ना, अनशन आदि कार्यले गर्दा पदबाट राजीनामा दिनुपर्ने बाध्य तुल्यायो । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सचिव श्री ध्रुवप्रसाद शर्माको संयोजकत्वमा २०७१ जेठ २१ गते एक तदर्थ समिति गठन गरियो । प्रमुख आयुक्त पदमा स्काउटकै हुनुपर्छ भन्ने मान्यताअनुसार मिति २०७१ पौष २२ गते पोखरामा भएको राष्ट्रिय परिषद्को बैठकले काठमाडौं जिल्ला स्काउट कार्यालयका जिल्ला आयुक्त श्री रविन दहाललाई प्रमुख आयुक्त रहने गरी का.स. गठन गरी पदहरु बहाली गरियो ।

स्काउटिङ चल्दै आएकोमा निर्वाचित सदस्यहरुले लामो अवधिसम्म पदमा बसिरहनु उचित होइन भनी केही चित्त नबुझेका व्यक्तिहरुले आवाज उठाए । युवा तथा खेलकुद मन्त्रालयबाट धनुषा जिल्लाका जिल्ला आयुक्त श्री चन्दन कौषिकको संयोजकत्व हुने गरी १३ जनाको तदर्थ समिति गठन गरियो । यो तदर्थ समितिले देशभर अन्यौलमा परेका जिल्ला कार्यसमिति तथा अन्य तहको विधानअनुसार निर्वाचन गर्नु भन्ने उल्लेख छ । देशभरका जिल्ला कार्यसमितिको निर्वाचन २०६८ असार ५ गते भई विभिन्न निहुँमा सात वर्षसम्म चलिसक्यो । जबकि एक कार्यकालमा चार वर्ष मात्र हुने विधानमा उल्लेख छ ।

यो तदर्थ समितिले मिति २०७४ चैत्र १४ गते देशभर निर्वाचन गर्नुहुन भनी सबै जिल्ला स्काउट कार्यालयहरुमा विभिन्न सञ्चारमाध्यमबाट सूचना भैसकेको थियो । निर्वाचन हुने मितिको अघिल्लो दिन मात्र युवा तथा खेलकुद मन्त्रालयबाट देशको राजनीतिक संरचना परिवर्तन भइसकेको र सोही अनुसार स्काउटको पनि नियम कानुन परिवर्तन हुनेछ भनी सूचना गरेकोले नेपाल स्काउट रा.प्र.का.बाट निर्वाचन स्थगित भएको कुरा सबै जिल्लालाई जानकारी ग¥यो ।

निर्वाचन स्थगित भए तापनि विनायोजना स्काउटको उच्चस्तरको सी.ए.एल.टी. तालिम तथा तेस्रो राष्ट्रिय ज्याम्बोरीसमेत यही समितिले ग¥यो । अझ मिति २०७५ श्रावण १६ गतेबाट स्काउटको सबभन्दा उच्चस्तरको अन्तर्राष्ट्रिय स्तरको एल.टी. तालिम विनायोजना ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा गर्ने भनी प्रतिव्यक्ति रु. १२,०००।– दाखिलासमेत गराइसकेको तर अन्तर्राष्ट्रिय मान्यताअनुसार नियम नपुगेको भनी युवा तथा खेलकुद मन्त्रालयबाट सो तालिम स्थगित गरियो ।

समय सक्दा पनि पदमा बसिरह्यो भने केही व्यक्तिहरुले उहाँहरुको नेम, स्टान्ड र प्लेटहरु यत्रतत्र गरिदिए । दुई हप्तापछि पुनः केही व्यक्तिहरुले यथास्थानमा राखिदिए । यसो गरे तापनि आयुक्तहरु आ–आफ्नो स्थानमा बस्न जानुभएन । हाल नेतृत्वविहीन छ । २०७५ भाद्र ५ गतेसम्म मात्र म्याद भएकोले अन्तिम तदर्थ समिति स्वतः हट्यो भन्ने जनगुनासो पनि छ ।

देशभरका सम्पूर्ण स्काउट, स्काउटहरुको एउटै चाहना छ । जति सक्यो उति संसद्बाट विधान पारित भएर आओस् र छिट्टै निर्वाचन होस् । यस्तै नेतृत्व विहीन भैरह्यो भने अन्तर्राष्ट्रिय स्काउट संस्थाबाट नकारात्मक दृष्टिले हेरिनेछ भन्ने कुरामा दुई मत नहोला । यसबाट संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूमा पनि प्रश्न उठ्न सक्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्