प्रदेश ५ को १५ विधेयकको लागि अवधारणा पत्र स्वीकृत



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्वर ५ को मन्त्री परिषदको आईतवार बसेको बैठकले १५ वटा विधेयकको लागि अवधारणा पत्र स्वीकृत गरेको छ ।
प्रदेश मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले ऐन, कार्य्विधि तथा नियमावलीको लागि मस्यौदा तयार गर्नु अघि अवधारणापत्र स्वीकृत गरेको हो ।

बैठकले सुसासन व्यवस्थापन तथा संचालन विधियक, प्रदेश सञ्चार नीति, विपत व्यवस्थापन कोष सञ्चालन निर्दे्शिका, प्रदेश प्रहरी संम्बन्धी व्यवस्था, प्रदेश प्रसारण सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी विधियकको लागि सैद्धान्तीक सहमतीको लागि अवधारण पत्र स्वीकृत गरेको प्रदेश मन्त्री परिषदका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै स्थानिय तहका पदाधिकारी तथा सुविधा सम्बन्धी पहिलो संसोधन, गाउँसभा तथा नगरसभाको कानून निर्माण सम्बन्धी संसोधन कात्र्तिक १ गते देखी लागु हुने निर्णय प्रदेश मन्त्रीपरिषदको बैठकले गरेको छ ।

त्यस्तै प्रदेश तथ्यांक सम्बन्धमा व्यवस्था गर्न बनेको विधियक, प्रदेश सार्वजनिक खरिद, प्रदेश खानी तथा अन्वेषण, प्रदेश पर्यटन, प्रादेशीक खेलकुद विकास, प्रादेशीक युवाहरुको क्षमता विकास सम्बन्धी विधियककहरु अवधारणा पत्र प्रदेशको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ । १० वटा अवधारण पत्र तयार रहेको र अर्को बैठकमा स्वीकृत हुने मन्त्री चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्