गरिव भएकै कारण राजा वीरेन्द्रलाई बिहे गर्न कन्या दिइएन



काठमाडौं । राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने कुनै एक सरकारी अड्डाले वीरेन्द्रको सम्पत्ति ८७ अर्बभन्दा बढीको रहेको भेटिएको भन्ने समाचार बाहिरिएको छ ।

राजा वीरेन्द्रका बारेमा पचास वर्ष अगाडि जान्ने बुझ्नेहरूले ‘युवराज वीरेन्द्रको विवाहको लागि भारतको कुनै राजघरानाकी कन्याबारे कुरा चल्दा नेपालका राजा गरीव छन्’ भनेर उक्त सम्वन्धको सम्भावनालाई पञ्छाइएको थियो ।

त्यसपछि वीरेन्द्रसँग विवाह गर्ने भनिएकी कन्याको विवाह नेपालको राजपरिवारसँगै सम्वन्धित अर्का सम्भ्रान्त र अत्यन्त समृद्ध परिवारका युवासँग भएको थियो । राजा वीरेन्द्रलाई भारतीय नागरिकहरूले समेत गरिवको सूचीमा राखेका थिए । नेपालका राणा परिवारलाई भारतीयहरूले धनी मान्थे ।

त्यसैताका राजा महेन्द्र शाहले आर्थिक अभावको कारण देखाउँदै नारायणहिटी राजदरवार तत्कालीन श्री ५ को सरकारलाई बेचेका थिए । राजा महेन्द्र शाहले नौँ करोडमा (९ देखि १२ करोड ठ्याक्कै थाहा हुन नसकेको) बिक्री गरेको र सरकारले उक्त दरवार राजाको निवासको रूपमा प्रयोग गर्ने निर्णय गरेको समाचार गोर्खापत्रमा नै छापिएको थियो ।

त्यसको एक/दुई वर्षपछि राजा महेन्द्र शाहको निधन भयो । युवराज वीरेन्द्र शाह राजा भए । सिद्धान्ततः राजा वीरेन्द्र शाहले प्रत्क्ष शासन गरेको ७/८ वर्ष मात्रै हो । त्यसपछि पञ्चायतले पनि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था ग¥यो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी थिए ।

त्यस अवधिमा तीन जना प्रधानमन्त्री भए । सूर्यबहादुर थापा, मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्द । लोकेन्द्रबहादुर चन्द अहिले पनि जीवित नै छन् ।

राजा वीरेन्द्र शाहको ८७ अर्बको सम्पत्ति कसरी आयो ? त्यसबारे मुलुकले जान्न पाउनु पर्दछ । राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने सरकारी अड्डाले आफ्नो काम देखाउन सम्पत्तिको आंकडा एकदम बढाई/चढाई प्रस्तुत गरेको हो कि ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

स्वर्गीय राजाको जनतामा रहेको प्रतिष्ठा र लोकप्रियता समाप्त पर्ने कुनै षड्यन्त्र हो कि ? भन्ने प्रश्न पनि गरिएको छ । राजा वीरेन्द्र शाहले भ्रष्टाचार गरेकै हुन् ? कसैले बताइदिनु प¥यो नी । भन्दै समाजिक सञ्जाल यतिबेला तातेकाे छ ।

त्यो ८७ अर्बको सम्पत्ति सरकारमा आएपछि महालेखा परीक्षाको दृष्टिमा त्यो सम्पत्ति आयो होला । संसदलाई त्यसको जानकारी हुनुपर्ने हो । त्यो ८७ अर्बको विवरण मुलुकलाई दिन मिल्दैन ? भन्ने प्रश्न पनि उठ्न थालेकाे छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले र अन्य त्यो बेलाका मन्त्री र उच्च पदस्थ त्यसबारे केही जानकारी दिन सक्ने हैसियतमा छन् ? भनेर प्रश्न समेत गरिएको छ ।

साथै वर्तमान दुई तिहाईको कम्युनिस्ट सरकारले राजा वीरेन्द्र शाहप्रतिको लोकप्रियतालाई कमजोर बनाउने गरेर गतिविधि गरेको हो कि भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

नेपाली कांग्रेस निकटका प्रा.केशवप्रसाद भट्टराईले पनि राजा वीरेन्द्रको सम्पत्तिका बारेमा आएको आँकडाप्रति आशंका जनाएका छन् । उनले सो विषयमा यथार्थ कुरा ल्याउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्