छुचुन्द्राेको कारण मानिसलाई हेपाटाइसिस इ



हंगकंग,(एजेन्सी)
हंगकंग निवासी एकजना ५६ वर्षिय पुरुषलाई विश्वमै पहिलो पटक छुचुन्द«ोबाट हेपाटाइसिस इ सरेको घटना सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले कसरी ति मानिसमा भाइरस स¥यो भन्नेबारे स्पष्ट पारेको छैन ।

तर तिनीहरुले उनको घर बाहिर राखिएका भाँडाकुडाहरु छुचुन्द«ोको कारण संक्रमित नभएके भने स्पष्ट पारेका छन् । विगतमा छुचुन्द«ो कारण मानिसमाहेपाटाइसिस सर्न सक्ने कुनै पनि प्रमाण फेला परेको थिएन ।

मानिसमा वास्तवमा खानेपानीको माध्यमबाट हेपाटाइसिस इ फैलिने गरेको छ । ति हंगकंग निवासी मानिसको कलेजो प्रत्यारोपणपछि उनको कलेजोले असामान्य प्रतिक्रया जनउाने क्रममा गरिएको थप परिक्षणबाट उनको रोग पहिचान हुन पुगेको डाक्टरहरुले बताएका छन् ।

युनिभर्सिटी अफ हंगकंगका अनुसनधानकर्ताहरुले हेपाटाइसिस संक्रमित छुचुन्द«ोको विस्टा परेको खाना खानाले उनमा रोग सरेको हुनुपर्ने अनुमान गरेका छन् । अहिले ति व्यक्तिको उपचारमा सुधार देखिएको बताइएको छ ।
मानिसमा हेपाटाइसिस इ लाग्दा जन्डिस हुने , र कहिलेकाहिं थकान हुने , ज्वरो आउने , रिँगटा लाग्ने , वान्ता आउने तथा पेट दुख्ने जस्ता लक्षणहरु देखापर्दछ ।

रोग प्रतिरोधक क्षमता कम भएक वा गर्भवती महिलामा यो रोग लागेको खण्डमा ज्यान समेत जान सक्ने संभावना रहेको छ । गर्मी र आद«ता बढि भएके मौसममा हंगकंगमा मुसाको समस्या धेरै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्