स्मरण शक्ति गुमाएकालाई वीवीसीको म्युजिक थेरापि



लन्डन, (एजेन्सी)
लामो समय देखिनै मानिसको स्मरण शक्ति गुम्ने रोग डिमेन्सिया र अल्झिमरका लक्षणहरुलाई संगीतले शान्त पार्न सक्ने थाहा भएकै कुरा हो । अब आएर वीवीसीको एउटा वेवसाइटले डिमेन्सियाका बिरामीहरुलाई तिनीहरुलाई मनपर्ने गीतहरु सुनाएर मद्धत गर्ने लक्ष लिएको छ ।

अन्तत सो साइटले स्मरण शक्तिलाई बल पु¥याउने संगीतको डाटावेस निर्माण गर्ने आशा गरिएको छ । डिमेन्सिया पिडित वृद्धका छोरा ग्यारी लाइटबडीले भनेका छन् , ‘ संगीतको शक्तिशाली असर पर्दछ । यसले अन्य कुनै चिजहरु जस्तै तस्वीर , पुराना मुभि वा कुराले भन्दा तत्कालै मानिसको मस्तिष्कमा असर पार्दछ ।

संगीतले तपार्इंलाई युवा अवस्था तर्फ डो¥याउँछ । यसले तपाईंलाई अन्य कुनै चिजले पनि पु¥उान नसकने जीवका महत्वपुर्ण घटनाका सम्झना तर्फ लिएर जान्छ । ’ यसको अलावा म्युजिक थेरापिले हल्का अल्झिमरबाट पिडित हुनेहरुलाई डिप्रेसन , चिन्ता , दिग्भ्रम र चाल सम्बन्धी समस्याबाट जोगाउने गर्दछ ।


तर अलिेसम्मको अनुसन्धानले संयुक्त अधिराज्यका केवल पाँच प्रतिशत केयर होममा मात्र राम्रो र गुणस्तरिय म्युजि प्रोग्राम रहेको पाइएको छ । अन्तर्राष्ट्रिय दिर्घायु केन्द«को अनुसन्धान अनुसार केयर होममा सो उपलब्ध संगीत डिमेन्सिया पिडित प्रत्येक व्यक्तिलाई प्रति साता ३० सेकेनड सेवा दिन मात्र भ्याउँछ । यहि कारणले च्यारिटि प्ले लिस्ट फर लाइफले वीवीसीको म्युजिक मेमोरिज वेवसाइटसंग सहकार्य गरेको हो ।

वीवीसीको म्युजिम डेको उत्सवमा शुरु गरिएको यस साइटमा मानिसहरुले विगत १ सय वर्ष देखिका १ हजार ८ सय वटा भन्दा बढि गीत , शास्त्रिय संगीत र टेलिभिजनको प्रमुख पाश्र्व धुन ब्राउज गर्न सक्नेछन् ।

युजरको उमे , लिंग र जन्म स्थान जस्ता सुचनाका ेआधारमा ति प्लेलिस्ट सेयर पनि गर्न सकिन्छ । प्लेलिस्ट फर लाइफका साराह मेटक्याल्फ भन्छिन् , ‘ हामीले प्रायशः लोकप्रिय स्कटिस लोरी , ‘ अल्ली बल्ली बि ’ लाई उदाहरणको रुपमा पेश गर्न गर्दछौं । ग्लास्गोका अधिकांश मानिसको प्लेलिस्टमा यो लोरी रहेको छ । यसले तिनीहरुलाई आफ्ना आमाले माया र स्नेह गरी लोरी सुनाएर सुताउने गरेको यादमा डो¥याउने गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्