कोहलीले १ हजार रन पुरा गरे



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय टोलीका कप्तान विराट कोहली लगातार तीन वर्ष १ हजार रन पूरा गर्ने पहिलो भारतीय व्याट्सम्यान बनेका छन्।

वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा विराटले १ सय ३९ रनको सतकीय इनिङ खेलेर जारी वर्षमा १ हजार रन पुरा गरेका हुन्। २९ वर्षीय खेलाडीको यो २४औं तथा यस वर्षको चौथो टेस्ट सतक थियो। सो टेस्टमा अलराउन्डर रवीन्द्र जडेजाले १ सय रनको नटआउट इनिङ खेलेका थिए।

घरेलु टोलीले राजकोटमा जारी टेस्टको पहिलो इनिङ ६ विकेटको क्षतिमा ६ सय ४९ रनमा समाप्तिको घोषणा गरेको थियो। वेस्ट इन्डिजले हिजोको खेल सकिँदासम्म ६ विकेट गुमाएर मात्र ९४ रन जोडेको छ। पाहुना टोली ५ सय ५५ रनले पछाडि रहेको छ। कोहलीले यस वर्ष १ हजार १८ रन जोडेका छन्।

गत वर्ष उनले १ हजार ५९ रन र सन् २०१६ मा १ हजार २ सय १५ रन बटुलेका थिए। त्यस्तै भारतका सर्वाधिक टेस्ट सतक प्रहार गर्ने सूचीमा चौथो स्थानमा उक्लिएका छन्। वीरेन्द्र सेहवाग (२३ सतक) लाई पाँचौ स्थानमा धकेलेका कोहलीले सुनील गावस्कर (३४ सतक) बराबरी गरेका छन्। भारतका सर्वाधिक टेस्ट सतक प्रहार गर्ने सूचीमा सचिन तेन्दुलकर (५१ सतक) र राहुल द्रविड (३४ सतक) शीर्ष दुई स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्