ओली र प्रचण्डबीच गम्भीर छलफल, नेकपाको हाइकमाण्ड बैठक बोलाइयो



नेपाल समाचारपत्र, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतबार अपरान्ह सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको छ ।

प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ । उक्त प्रस्ताव स्थायी कमिटीबाट पारित गर्ने सहमति अध्यक्षद्धयबीच भएको स्रोतले जनाएको छ ।दुबै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।

छलफलमा सचिवालय बैठकका निर्णय कार्यन्वयन गर्ने तर स्थायी कमिटी बैठक बोलाउने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्