सेञ्चुरी बैंक र सुमेरु अस्पतालबीच सम्झौता



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा शयेरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनीले अस्पतालको ओपीडीलगायत सम्पँर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधिमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रालिका निर्देशक दिलीप डंगोलले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्