गलेका ओली



पीएम ओली दुई सातासम्म मुलुक बाहिर भएकाले होला केही समय त झन्डै–झन्डै राजनीतिक समाचारको खडेरी चल्यो । त्यस्तो संकट आउन नदिन ओली पार्टीका केही नेता लागिपरे अनि सञ्चार माध्यमलाई राम्रै राहत मिल्यो । पार्टी नेता नेपाल संसद अनि अन्य नेता सञ्चार माध्यममा बरर छाएपछि उखानतुक्का मिश्रित समाचारले वाक्क दिक्क भएका दर्शक, स्रोता, पाठकले समाचारमा नयाँ टेस्ट अनुभव गरे ।

तर सात समुन्द्र पारी रहेका ओलीलाई आफ्ना नेतागणको भूमिका चित्त बुझेन अनि तत्कालै कडा प्रतिवाद गरे । आफ्नो वाककला अरुले ओभर टेक गर्छन् भन्ने चिन्ता पनि थियो होला उनलाई । अनि परदेशबाटै कड्किएर भन्न भ्याए–‘म २÷४ दिन नहुँदा यत्रो छटपटी म फर्किएपछि सब ठिक हुन्छ ।’

तर विहीवार स्वदेश फर्किएका ओली निकै नम्र देखिए उनले भने–‘खैं उहाँ (नेपाल)ले संसदमा के भन्नुभयो मलाई र्पूण जानकारी छैन, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन, पुराना गीत सम्झना हुनसक्छ ।’ नेता नेपालको असन्तुष्टीलाई ठूलो बनाउन जरुरी नरहेको बताएका ओलीले आफू र नेता नेपाल वीच २०२९ देखिको घनिष्ठ मित्रता रहको सुनाउन भ्याए ।

परदेशबाट निकै कड्किएका ओली एयरपोर्टमा ओर्लिदा ओर्लिदै नरम बनेको देख्दा कुरो निकै गम्भिर छ भन्ने अनुमान गर्न सकिन्छ । नेपाल सहित अन्य नेताले खुलेआम पोख्या असन्तुष्टीले उनलाई निकै गलाएछ भन्ने धरहरालाई लाग्या छ ।

प्रतिक्रिया दिनुहोस्