पीएसजीको जितमा नेयमारको ह्याट्रिक



पेरिस, (एजेन्सी)
युईएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुुुुुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित्दा नेयमारले ह्याट्रिक गरेका छन् ।
समुह ‘सी’ अन्तर्गत पेरिसको घरेलु मैदानमा भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो ।

टोलीको जितमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक गरे । जसमा २१ मिटर र २५ मिटर दूरीबाट प्रहार भएका उनका दुईवटा फ्रिकिक गोल सामेल थिए ।

२० औं मिनेटमा २१ मिटर टाढाबाट फ्रिकिक प्रहार गर्दै नेयमारले उत्कृष्ट गोल गरेपछि पीएसजीले सुरुवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेट नबित्दै नेयमारले दोस्रो गोल थपे । ३७ औं मिनेटमा एडिन्सन काभानीले गोल गरेपछि पीएसजी ३–० ले अगाडि बढ्यो । ४१ औं मिनेटमा एन्जल डि मारियाको गोलपछि पीएसजीले पहिलो हाफमै ४–० को अग्रता लियो ।

खेलको ७० औं मिनेटमा क्लियन एम्बाप्पेले पाँचौ गोल संभव पारे । यस्तै ७४ औं मिनेटमा रेड स्टारका लागि मार्को मारिनले एक गोल फर्काए । तर ८१औं मिनेटमा २५ मिटर टाढाबाट फ्रिकिक मार्फत नेयमारले सुन्दर गोल गर्दै ह्याट्रिक पुरा गरे ।

यो सँगै समुह चरणको पहिलो खेलमा लिभरपुलसँग ३–२ गोलले पराजित भएको पीएसजीले तीन अंक जोड्न सफल भएको छ ।

यसै समूहको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलाई इटालियन क्लब नेपोलीले हरायो । नेपोलीले इटालीको घरेलु मैदानमा लिभरपुरलाई १–० गोलले पराजित गरेको थियो । टोलीको लागि ९० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरेका थिए ।

जितसँगै चार अंक जोडेको नेपोली समुहको शिर्ष स्थानमा छ । तीन अंक जोडेको लिभरपुल दोस्रो र तीन अंकै जोडेको पीएसजी तेस्रो र १ अंक जोडेको रेड स्टार चौथो स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्