नेपालको क्षेत्रफलबारे सरकारको धारणा के छ ?



नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भएकामा १० हजार किलोमिटर जति कम पाइएको कुरा सञ्चारमाध्यममा व्यापकरुपमा आएको छ । यस विषयमा सरकार जवाफदेही हुनुपर्नेमा मौन देखिएको छ । यो १० हजार वर्गकिलोमिटर क्षेत्र कुन हो, स्पष्ट हुन सकेको छैन । यसबारे तत्काल जनतालाई औपचारिक रुपमा जानकारी दिने दायित्व सरकारको हो । यसमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ ।

अब भौगोलिक अखण्डताका लागि गठित राष्ट्रिय सेना र हाल सीमा सुरक्षाको निगरानीमा खटिएको सशस्त्र प्रहरीको औचित्यबारे प्रश्न उठ्न थालिसकेको छ । यस विषयमा सरकार सधैँजसो मौन हुने गरेको छ । जसका कारण नेपालीको सार्वभौमता खतरामा परेको छ । नेपालमा यस्ता समस्याले सुनुवाइ नपाउनुमा लम्पसारवाद र विस्तारवादसँगको अनैतिक सम्बन्ध नै हो भन्नेमा दुईमत छैन । हराएको भूमि खोजी गरी अन्यत्र परेको भए फिर्ता गराउन पहल गरियोस् ।
– दिलीप मानन्धर, रसुवा ।

प्रतिक्रिया दिनुहोस्