नेपालले म्यानमारबाट चुनौती पाएन



काठमाडौं, (नेस)
आईसीसी विश्व टी २० एसिया क्षेत्र छनोट बी अन्तर्गत पहिलो खेलमा नेपालले म्यानमारबाट कुनै चुनौती पाएन ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बुधबार म्यानमार मात्र २९ रनमा अलआउट हुँदा नेपालले ३० रनको लक्ष्य ३ ओभरमै प्राप्त ग¥यो । तर यसको लागि नेपालले दुई विकेट चाहिँ गुमायो । ओपनर ब्याटसम्यान प्रदीप सिंह ऐरी शून्यमा पवेलियन फर्केका थिए । ओपनरमा नयाँ जोडी विनोद भण्डारीसँग प्रदीपलाई परिचय गराएपनि म्यानमार जस्तो कमजोर टोलीविरुद्ध फ्लप बन्यो । यसपछि अनिल कुमार साह ११ रन बनाएर आउट भएका थिए ।

न्युनतम लक्ष्य भएको हुँदा बलर करण केसीलाई ब्याटिङमा प्रमोशन गराए । जसमा उनी सफल पनि भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरेर १४ रनमा नटआउट रहे । त्यस्तै ओपनर विनोद भने १ रनमै नटआउट रहेका थिए ।

यसअघि नेपालका बलरले म्यानमारलाई क्रिकेट खेल्न अझै कडा मेहनत गर्नु पर्ने पाठ सिकाएका थिए । म्यानमारका कप्तान लीन अंगले १६ रन बनाउनुु बाहेक अन्य ब्याटसम्यानले दोहोरो अंक पनि छुन सकेनन् । पुरै टोली १० ओभरमा २९ रनमा पवेलियन फर्केका थिए । सन् २००६ मा म्यानमारले नेपालविरुद्ध १० रन बनाएर अलआउट भएका थिए । १२ वर्षपछि पनि नेपालको बलिङ थेग्न नसकेकोे म्यानमारका लागि बलरले नेपालका दुई खेलाडीलाई आउट गरेर सफलता भने प्राप्त गरेको छ ।

नेपालका अहिलेका चर्चित बलर सन्दीप लामिछानेको बलिङ स्पेल सानदार रह्यो । उनले २ ओभर बलिङ गर्दा ३ रन दिएर ४ विकेट लिएका थिए । उनी म्यान अफ द म्याच समेत घोषित भए । यस्तै ललित राजवंशीले पनि आफनो क्षमता देखाए । उनले ३ ओभरमा २ मेडन फ्याँक्दै ३ रन खर्चेर ३ विकेट हासिल गरेका थिए । अन्यमा ललित भण्डारी र करणले १÷१ विकेट प्राप्त गरेका थिए । नेपालले आफनो दोस्रो खेल मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्