चितवन टाईग्रेस च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
आधी–आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाईग्रेसले जितेको छ ।

मंगलवार त्रिपुरेश्वरको कभर्डहलमा भएको उपाधि भिड्न्तमा चितवनले नेपाल एपीएफ क्लबलाई ३–० को सीधा सेटमा हराउँदै उपाधि हात पारेको हो । तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टोलीलाई पुरै दवावमा राखेको थियो । यद्दपि पहिलो सेटमा एपीएफले कडा चुनौती दिएको थियो । तर विदेशी खेलाडी सम्मिलित चितवनलाई हराउन एपीएफको मेहनत पर्याप्त देखिएन ।

पहिलो सेट २५–२० ले जितेको चितवनको लागि पछिको दुई सेट जित्न कुनै कठिनाई भएन । दोस्रो र तेस्रो सेट क्रमशः २५–१७ र २५–११ ले चितवनले आफनो बनाउँदै ६ लाख नगद पुरस्कारको हकदार बन्यो । यस्तै उपविजेतामै सीमित रहेको एपीएफले ३ लाख नगद पुरसकार प्राप्त गर्दा तेस्रो भएको न्यु डायमण्डले १ लाख ५० हजार रुपियाँ पायो । न्यु डायमण्डले तेस्रो हुन नेपाल पुलिस क्लबलाई नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सीधा सेटमा हराएको थियो ।

चितवन टाइगरकी सेटर अरूणा शाही उत्कृष्ट् खेलाडी चुनिईन् । उनले नगद ५० हजार र एक थान स्कुटर जितिन् । प्राय पश्चिमाञ्चलबाट स्पाईकरको भूमिकामा कोर्टमा उत्रिने अरुणाले सेटरको भूमिकालाई प्रमाणित समेत गरेकी छिन् । यो सँगै उनले सेटरको रुपमा राष्ट्रिय टिममा आफ्नो दावेदारी पनि प्रस्तुत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्