इराक: राष्ट्रपति छानिए



बग्दाद,(एजेन्सी)
इराकको संसदले बुधवार नरमपन्थि कुर्दिस राजनीतिज्ञ बार्हाम सालिहलाई राष्ट्रपति छनौट गरेको छ ।

एएफपि समारचार निकायका अनुसार संसदमा राष्ट्रपति चयनका लागि भएको मतदानमा प्याट्रियटिक युनियन अफ कुर्दिस्तान ( पियुके ) का सदस्य सालिहले आफ्ना प्रमुख प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका फुआद हुस्सेनलाई २२ को विरुद्ध २ सय १९ मतले पारजित गरेका छन् । इराकमा राष्ट्रिपति आलंकारिक पद हो ।

सत्ता साझेदारीका अनुसार सरकारका प्रमुख भुमिकाहरु इराकको प्रमुख जातिय समुहहरुबिच बाँडफाँड भएके छ । सन् २००३ देखि नै राष्ट्रपतिमा कुर्दको एकाधिकार रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्