स्विडेन: रसायन नोबेल पुरस्कार



स्टकहोम (एजेन्सी)
यसबर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना रसायन शास्त्री फ्रान्सिस एच. आर्नल्ड (अमेरिका), जर्ज पी. स्मिथ (अमेरिका) र सर ग्रगरी पी विन्टर (बेलायत)लाई प्रदान गरिएको छ ।

विजेताहरुमा एक महिला र दुई पुरुष वैज्ञानिक हुन् । पुरस्कृत वैज्ञानिकहरुले एन्जाइम्स र एन्टिबडिजको विकसित गर्न क्रमिक विकास र शक्तिको प्रयोग गरेको जनाएको छ । यसले नयाँ फर्मास्युटिक र बायोफ्युल निर्माण भएको छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीकी फ्रान्सिस एच आर्नल्डलाई एन्जाइम्सको पहिलो निर्देशित विकासका लागि पुरस्कारको आधा हिस्सा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्