हरीको ११ वुँदे विशेष सुरक्षा योजना सुरु



शिवहरिप्रसाद भट्टराई
नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले ११ वुँदे विशेष सुरक्षा योजना ल्याएको छ ।

आम नागरीकको सुरक्षालाई ध्यानमा राख्दै वुधवारदेखि पैदल, साईकल, मोटरसाईकल र भ्यानवाट गस्तिदेखि चेक जाँच, सिमा क्षेत्रमा गस्ति र जिल्लाका सवै ईलाका प्रहरी कार्यालयमा नागरिक तथा यात्रु सहयता कक्षको स्थापना लगायतका ११ वुँदे विशेष सुरक्षा योजना ल्याईएको पत्रकार सम्मेलनको आयोजना गरी डिएसपी भोवश रिमालले जानकारी दिएका हुन् ।

चाडपर्वमा ओहोर दोहोर गर्ने यात्रु, श्रद्धालु र स्थानीय सुरक्षा प्रवन्ध समेतलाई थप प्रभावकारी वनाउन नागरिक तथा यात्रु सहायता कक्षको निर्माण गरी सुरक्षा निगरानी वढाईएको वताए । चौविसै घण्टा उक्त कक्षले सेवा प्रदान गर्ने उनको भनाई छ ।

यस्तै चाडपर्वको वेला वढि रकमको कारोवार हुने वैक तथा वित्तिय संस्था, वढि भक्तजनको भिड लाग्ने शक्तिपीठहरुमा समेत निगरानी र ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

यस्तै जिल्लाको कुनै पनि ठाउँमा जुन सुकै घट्ना÷दुर्घटना भए वा सुुरक्षा आवश्यक भए ५ मिनेट भित्रै पुग्ने गरी प्रहरीले आवश्य ब्यवस्था मिलाएको उनले वताए । उनले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथमा रातको समयमा चालकहरलाई चिया कफी खुवाएर रिफ्रेस गर्ने ब्यवस्था समेत मिलाईएको वताए ।

विशेष सुरक्षा योजना अन्तर्गत विभिन्न तहका गरी ८ सय सुरक्षाकर्मी परिचालन हुने प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्