बानियाँ कम्पनीको बदमासीप्रति जनप्रतिनिधि रुष्ट



कृष्णउदास खनाल, वीरगन्ज ।
बानियाँ निर्माण कम्पनीका कारण हुलाकी सडक निर्माणमा समस्या देखिएको भन्दै पर्साका जनप्रतिनिधिहरुले उक्त ठेकेदार कम्पनीलाई कारवाही गर्न माग गरेका छन् ।

खासगरी पर्सा राष्ट्रीय निकुञ्जले ठोरी गाउँपालिकाको ट्रिपर र ट्रयाक्टर नियन्त्रण केही समय पहिले पर्सा निकुञ्जले नियन्त्रणमा लिएपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।

ठोरी गाउँपालिका कार्यालयले वडा नं. ५ सुवर्णपुरमा आफ्नै डोजर, ट्रिपर र ट्याक्टर प्रयोग गरेर सडक मरम्मत गरिरहेको थियो । तर, पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गडवालाइन पोस्टबाट खटिगएको सेनाको टोलीले ठूलो बाघमोर्चा गाउँको माझबाट ति साधनहरु नियन्त्रणमा लिएपछि बानियाँ बिरुद्ध जनप्रतिनिधिहरु खनिएका छन् ।

प्रकृतिको दोहन गरेको आरोपमा निकुञ्जले ती सवाधी साधन नियन्त्रणमा लिएको दाबी गरेपनि बानियाँका सवाधी साधनले मनलाग्दी जंगल मास्दा समेत निकुञ् प्रशासन मौन बसेको ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल .श्रेष्ठले बताए ।

बानिया निर्माण सेवाले केही खान दिएकोले निकुञ्ज प्रशासन चुप लागेको बसेको पत्रकार समेत रहेका पूर्व जनप्रतिनिधि प्रताप श्रेष्ठले बताए ।

बानियाँ निर्माण कम्पनीकै कारण हुलाकी सडक निर्माणमा ढिला भइरहेको पनि उनले बताएका छन् । धेरै बद्मासी भएपनि बानियाँलाई राजनीतिक संरक्षण भएका कारण कारवाहीमा आलटाल भएको भन्दै ठोरीका जनप्रतिनिधिहरुले ऊ माथि कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्